ललितपुरमा एकै घरका ५ जनाको मृत्यु भएको घटनाको कारण खुल्यो!




काठमाडौ । ललितपुरमा ५ जनाको ज्यान जाने गरी भएको घटनाको प्रारम्भिक कारण प्रहरीले पत्ता लगाएको छ । ललितपुरको कोन्ज्योसोम गाउँपालिका–४ स्थित नल्लुमा २ दिने शिशुसहित एकै घरका ५ जनाको मृत्यु भएको छ । घटनास्थलमा ४ जना र पाटन स्थित अस्पतालमा २ दिने शिशुको निधन भएको हो ।

उनीहरुको निसासिएर निधन भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । घटनास्थलमा वि ष जस्तो देखिने सिसी पनि फेला परेको प्रहरीले जनाएको थियो । बेहोस अवस्थामा भेटिएका २३ वर्षीय शुभ स्याङतानको पाटन अस्पतालमा उपचार भइरहेको छ । घटनास्थलमा गएर फरेन्सिक चिकित्सकको टोली र प्रहरी अधिकृतहरूले अनुसन्धान गरिरहेका छन् ।

२ दिनको शिशु भएकाले उनीहरु घरमा आ गो बालेर सु तेको देखिएको थियो । झ्याल समेत बन्द भएको र भेन्टिलेसन पनि नभएकाले निसासिएको हुनसक्ने अनुमान गरिएको छ । मृत्युको यकिन कारण खुल्न बाँकी रहेको प्रहरी वरिष्ठ उपरीक्षक यज्ञ विनोद पोखरेल बताए । ‘झ्याल, ढोका बन्द गरेर सुतेको र आ गो बालेको हुनाले निसासिएको हुनसक्ने अनुमान प्रहरीले गरेको हो ।

सुस्मा स्याङतान (२३ वर्षीया) ले दुई दिनअघि बच्चा जन्माएकी थिइन् । बच्चालाई न्यानोमा राख्न उनीहरुको कोठामा आ गो बा लेको हुनसक्ने अनुमान गरिएको छ । दुई वर्षीय शिशु र अरु ५ जना एउटै कोठामा सु तेका थिए । पाटन अस्पतालमा उपचार गराइरहेका शुभ स्याङतान दुई दिनअघि जन्मिएका शिशुको बुवा हुन् ।

सुतिरहेको अवस्थामा मृत फेला पर्नेहरुमा ५५ वर्षीया काँइली स्याङतान, ९ वर्षका आशिष स्याङतान, २३ वर्षीया सुस्मा स्याङतान, ७ वर्षकी आस्मा स्याङतान छिन् । प्लाष्टर गरेको र जस्ताको छानो भएको एकतले घरमा उनीहरु मृ त भेटिएका हुन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्