यसरी सार्वजनिक गरिन् पुजाले आफ्ना प्रेमी




काठमाडौं । अभिनेत्री पूजा शर्माले पहिलोपटक आफ्ना प्रेमी सार्वजनिक गरेकी छिन्। केही दिन यता उनी प्रेममा रहेको बताउँदै आएकी थिइन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत व्यवसायी युद्ध बानियासँगको प्रेमसम्बन्धमा रहेको खुलासा गरेकी छिन्। तर सामाजिक सञ्जालमा उनीहरु बारे गसिप भने चल्दै आएको थियो ।

उनले युद्धसँगको एक फोटो राख्दै आफूहरुबिच प्रेम रहेको स्विकार गरेकी छिन्। ‘यु आर द वान’ सहित रेड इमोजी उनले फेसबुकमा लेखेकी छिन्।

एक वर्षदेखि पूजा र युद्धबिच प्रेममा रहेको चर्चा चल्दै आएको छ। केही दिनअघि मात्रै पूजाले एक अन्तर्वार्तामा घरबाट बिहेको कुरा चलिरहेको र आफूहरु एकअर्कालाई चिन्दै गरेको बताएकी थिइन। तर औपचारिक रुपमा भने पूजाले पहिलोपटक नै सार्वजनिक गरेकी हुन्।

यसअघि पूजाको नाम आकाश श्रेष्ठसँग पनि जोडिएको थियो। तर पूजाले भने आफूहरु सँगै काम गर्ने र मिल्ने साथी मात्रै रहेको बताएकी थिइन्।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्