शल्यक्रिया गराएका डाक्टरले रौतहटमा सुत्केरी महिलाको पेटमै छोडे सुइ र धागो




काठमाडौ । महिलाको शल्यकृया गर्ने चिकित्सकले शल्यकृया गरेको सामग्री महिलाकै पेटमा छोडिदिएका छन् । चिकित्सकले लापर्बाही पूर्वक महिलाको पेटमै शल्यकृया गरेका सामग्ी छोडेका हुन् । सुत्केरी हुन आएकी महिलाको पेटमा टांका लगाउने सुई फेला परेको छ। यो घटना रौतहटमा भएको हो ।

रौतहटको दुर्गाभगवती गाउँपालिका १ छतवनाटोलका जितेन्द्र महतोकी १९ वर्षिया श्रीमती अम्बिका महतोको शल्यकृया गरेका चिकित्सकले सुइ पेटमै छोडेका हुन् । महिलाको पेटभित्र दुईवटा टांका लगाउने सुइ र धागो चिकित्सकले छुटाएका छन्।

प्रसुति गराउन अम्बिकालाइ आइतबार राति गंगापिपरामा रहेको स्वास्थ्य केन्द्रमा लगिएकोमा अप्रेसन गर्दा सुई पेटमा छुटेको अम्बिकाका श्रीमान जितेन्द्र महतोले बताए।

स्वास्थ्य केन्द्रका डा।संजित कुमार साह नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले उनको शल्यकृया गरेको थियो। शल्यकृया पछि महिलाको पेट दुख्न थालेपछि उपचारका लागि चन्द्रनिगाहपुरमा रहेको चन्द्रपुर अस्पतालमा ल्याइएको थियो।

हाल महिलाको पेटमा रहेको सुई धागो निकालिएको र बिरामीको अवस्था सामान्य रहेको चन्द्रपुर अस्पताल प्रालिका प्रमुख डाक्टर सुभाष कुमार चौधरीले जानकारी दिए।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्