पीडितको चरित्र ह’त्या गरेको आरोपमा युट्युबर राहुल थापा मगर पक्राउ




काठमाडौं ।

नेपाल प्रहरीको साइबर ब्युरोले व्यक्ति वा पीडितको चरित्र हत्या गर्ने युटुयुबरलाई धमाधम पक्राउ गर्न थालेको छ । आइतबार ब्युरोले सेलेब नेपालका सञ्चालक राहुल थापा मगर पीडितको चरित्र ह’त्या गरेको आरोपमा पक्राउ पारेका छन् ।

गुल्मी घर भई बुटवल महानगरपालिका–१३ बस्ने २१ वर्षीय मगरलाई पक्राउ गरिएको ब्युरो प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले जानकारी दिएका हुन्। पक्राउ परेका थापालार्ई काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।

ब्युरोले मगरउनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा अनुसन्धान अघि बढाएको छ। अहिले प्रहरीले अरूकाे चरित्र ह’त्या गर्नेमाथि कडा निगरानीसँगै धमाधम पक्राउ गर्न थालेकाे छ ।

 

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्