ललितपुरमा एकै परिवारका पाँच जनाको मृत्यु यसरि पो भएको रहेछ




काठमाडौं :

ललितपुरको कोञ्ज्योसोम गाउँपालिका –४ नल्लुमा एकै घरका ५ जना मृत फेला परेका छन् । ४ जनाको घटनास्थलमै र थप एकजनाको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो।

घटनामा स्थानीय काइली स्याङ्तान, शुषमा स्याङतान, आषिश स्याङतान, आशमा स्याङतान् र दुई दिने शिशुको मृत्यु भएको हो।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरी परिसर जावलाखेलका प्रवक्ता एसपी सिद्धिविक्रम शाहले जानकारी दिए। मृतकको शव पोष्टमार्टमका लागि काठमाडौंको शिक्षण अस्पताल पठाउने तयारी भइरहेको पनि उनले बताए। घटनास्थलमा कोइला बालेको,तथा बान्ता गरेको फेला पारेको प्रहरीको भनाइ छ।

घटना यस्तो थियो :

सुत्केरीलाई कोइला बा’लेर सेक्नेक्रममा झ्याल ढोका बन्द गरेकोले निसास्सियर मृत्यु हुने गरेका घटनाहरू पनि पछिल्लो समय बढ्दै गएका छन्।

सेतो पाटीमा खिलानाथ ढकालले लेखेको समाचार अनुसार, ललितपुरको कोन्ज्योसोम गाउँपालिका-४ नल्लुकी २२ वर्षीया सुष्मा स्याङताङले शनिबार बच्चा जन्माएकी थिइन्।प्रसूति गृहले सुष्मा र शिशुलाई आइतबार मात्रै डिस्चार्ज दिएको थियो। उनीहरू आइतबार नै नल्लु पुगेका थिए।

स्याङताङ परिवार आइतबार बेलुका खाना खाएर एकैठाउँ सुतेका थिए। कोही खाटमा, कोही भुइँमा सुतेका थिए। बेलुका सुत्केरी सेकाउनका लागि आ’गो बा’लेका थिए। उनीहरू इँटाको गारो र टिनले छाएको घरको दुई वटामध्ये एउटै कोठामा सुतेका थिए। अर्को कोठा बन्द थियो।

ढोका बेस्सरी लगाएका थिए। हावा नछिरोस् भनेर झ्यालमा बोराले क’सेका थिए। उनीहरू ५५ वर्षीय काइँला स्याङताङ, बुहारी २२ वर्षीया सुष्मा स्याङताङ, नाति ९ वर्षीय आशिष स्याङताङ र ५ वर्षीया नातिनी आशमा स्याङताङ, छोरा २२ वर्षीय सुभाष स्याङताङ र नाबालक २ दिनको नवजात शिशु थिए।

जसमध्ये अब सुभाष स्याङताङ मात्रै बाँकी छन्। सुत्केरी श्रीमती, शिशुसहित परिवारका सबै जनाको मृत्यु भइसकेको छ। महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेलका अनुसार सोमबार बिहान साढे सात बजेतिर काइँला स्याङताङकी छोरी रोशनी घलान घर आएकी थिइन्।

उनको घर केही परको बस्तीमा घर छ। सुत्केरी बुहारी र भदाहाको मुख हेर्न एकाबिहानै आएकी रोशनीले मुख्य ढोका बन्द देखिन्। ढोका खुलेन, झ्याल बेस्सरी धकेलेर उघार्दा भित्र परिवारका सबै जना मस्त निद्रामा झैं देखिन्थे। रोशनीले बोलाइन्, कसैले प्रतिक्रिया दिएनन्।

त्यसपछि रोशनी आत्तिँदै क’राउन थालिन्। नजिकका छिमेकी उनकै दाजु ३८ वर्षीय राजु स्याङताङ पहिले उठे। राजुसहितका गाउँले भेला भएपछि आफैं झ्यालबाट छि’रेर ढोका उघारिन्।

यतिबेलासम्ममा वडाध्यक्ष तीर्थराज घलान आइपुगिसकेका थिए। उनले प्रहरीलाई खबर गरे। इलाका प्रहरी कार्यालय कोन्ज्योसोमलाई खबर गरेपछि प्रहरी टोली पुग्यो। टोली पुग्दा सुभाष र दुई दिनको शिशु जीवितै थिए। टोलीले तत्काल उनीहरूलाई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पठायो। शिशुको उपचारकै क्रममा मृत्यु भइसकेको छ भने सुभाषको गम्भीर अवस्थामा उपचार भइरहेको छ।

यो पनि : ट्रकले ठक्कर दिँदा विद्यालयबाट घर फर्कदै फर्कदै गरेकी किशोरीको मृत्यु

विद्यालयबाट घर फर्कदै गर्दा ट्रकको ठक्करबाट धनगढीमा एक किशोरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सोमबार अपरान्ह धनगढी–अत्तरिया ६ लेन सडकमा बा२ख ५१५५ नम्बरको ट्रकले ठक्कर दिँदा धनगढी–१३ की १६ बर्षिया किशोरी सरस्वती कुँवरको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीका अनुसार साइकलमा सवार ती किशोरीलाई विद्यालयबाट घर फर्कने क्रममा जेब्रा क्रसिङ प्वाइन्टमै ट्रकले ठक्कर दिएर गम्भिर घाइते बनाएको थियो ।

गम्भिर घाइते किशोरीको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा को प्रबक्ता जोशीले बताए । घटनापछि टक र गोदावरी नगरपालिका–४ चालक गणेश लामालाई प्रहरीले नियन्त्रणमा लगेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्