पोर्चुगलमा ३ बर्ष देखि पोर्चुगलमा बस्दै आएका ४७ बर्षिय प्रधानको दुखद निधन




काठमाडौं ।

पोर्चुगलमा एक नेपालीको असामयिक नि’धन भएको छ। गुल्मीका उदय सिंह प्रधानको लिस्वनमा उपचारका क्रममा मृ’त्यु भएको हो ।

लिस्वनको ग्रासामा प्रधानको अकस्मात नि’धन भएको खबरले पोर्चुगलको नेपाली समुदाय स्त’ब्ध भएको छ। विगत ३ बर्ष देखि पोर्चुगलमा बस्दै आएका ४७ बर्षिय प्रधान सरल र बौद्धिक स्वभावका थिए । शव व्यवस्थापनका लागि गुल्मी समाज पोर्चुगलले आर्थिक सहयोगको

लागि अपिल गरेको समाजका कार्यवाहक अध्यक्ष अमृत रिजालले बताए । सम्पूर्ण गुल्मीबासीलाई यस दु:खको घडीमा सहयोग पुर्याउन रिजालले आग्रह गरेका छन् । प्रधानको श’व व्यवस्थापन र परिवारको सहयोगका लागि समाजले हरतरहले सहयोग गर्ने उनले जानकारी दिए ।

आर्थिक सहयोग गर्न चाहने संघ-संस्था वा व्यक्तिले निम्न खातामा रकम पठाउन सक्ने जानकारी दिइएको छ। सहयोग गर्नका लागि खाता नम्बर -PT50000700000040964409623 खातावालाको नाम -प्रकाश पाण्डे बैंक नाम:नोभो बैंक ,पोर्चुगल

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्