युक्रेनमा रुसी कारवाहीको असर नेपालमा : अमेरिकी डलर र सुनको मुल्य अहिलेसम्मकै सबभन्दा महँगो




काठमाडौं :

रूसले युक्रेनमाथि सैनिक कारवाही गरेको २ हफ्ता बितेको छ। यसबीच अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल र सुनको भाउ बढ्नुका साथै मकै, गहुँ लगायत विभिन्न अन्नको मूल्य बढ्ने क्रम जारी छ।

अन्तर्राष्ट्रिय बजारमा परेको यो असरबाट नेपाल पनि अछुतो रहेन । रूसी कारवाही सुरू भएयता नेपालको तेल घाटा मासिक ५ अर्ब रूपैयाँ पुगेको छ भने सुनको मूल्य प्रतितोला एक लाख रूपैयाँ नाघेको छ। अन्तर्राष्ट्रिय बजारबाट आयात हुने औद्योगिक कच्चा पदार्थको भाउ पनि बढेको छ।

यही सिलसिलामा विदेशी मुद्रा विनिमय दरको वृद्धिले आगामी दिनमा नेपालको अर्थतन्त्र थप प्रभावित हुने स्थिति उत्पन्न भएको छ।

नेपाल राष्ट्र बैंकले मंगलबार लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ ८४ पैसा र बिक्री दर १२३ रुपैयाँ ४४ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३३ रुपैयाँ २२ पैसा र बिक्री दर १३३ रुपैयाँ ८७ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपैयाँ ७२ पैसा र बिक्री दर १६२ रुपैयाँ ५१ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १३२ रुपैयाँ ७८ पैसा र बिक्री दर १३३ रुपैयाँ ४३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ८९ पैसा र बिक्री दर ९१ रुपैयाँ ३३ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ५८ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ पाँच पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ६७ पैसा र बिक्री दर १० रुपैयाँ ७३ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ ४४ पैसा र बिक्री दर १९ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैँया ७४ पैसा र बिक्री दर ३२ रुपैयाँ ९० पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ६२ पैसा र बिक्री दर ३३ रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ४१ पैसा छ भने बिक्री दर २९ रुपैयाँ ५५ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नाै रुपैयाँ ९९ पैसा र बिक्री दर १० रुपैयाँ चार पैसा कायम भएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्