पल शाहलाई तनहुँबाट नवलपुरको गैँडाकोट लगियो




काठमाडौं ।

नाबालिग ब’ला’त्कारकाे आरोप लागेका अभिनेता पल शाहलाई इलाका प्रहरी कार्यालय गैंडाकोट ल्याइएको छ ।

तनहुँ प्रहरीमा ब’ला’त्का’रकाे जाहेरी दिएकी किशोरीले गैंडाकोटको एक रिसोर्टमा पनि शाहले ब’ला’त्कार ग’रेको भन्दै दुई साताअघि गैंडाकोट प्रहरीमा पनि जाहेरी दर्ता गरेकी थिइन् ।

उक्त मुद्दाको अनुसन्धानका लागि आरोपितलाई तनहुँबाट झिकाएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डिएसपी दिलिप गिरीले जानकारी दिए । आरोपित शाहलाई एक घण्टा अगाडि गैंडाकोट ल्याएको हो ।

बलात्कार मुद्दामा तनहुँ प्रहरीले पनि दोस्रो पटक १२ दिनको म्याद लिएर शाहमाथि अनुसन्धान गरिरहेको छ । बुधबार जिल्ला अदालतबाट हिरासतमा राखि म्याद अनुमति लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइने डिएसपी गिरीले बताए ।

१६ फागुनमा ती किशोरीले इलाका प्रहरी कार्यालय गैंडाकोटमा किटानी जाहेरी दिएपछि भरतपुर अस्पतालमा किशोरीको स्वास्थ्य परीक्षण गरिएको थियो । ब’ला’त्कार मुद्दामा अनुसन्धान गर्न आरोपित शाहलाई पठाइदिन भन्दै पूर्वी नवलपरासी प्रहरीले गत आइतबार तनहुँ प्रहरीलाई पत्राचार गरेको थियो ।

गैंडाकोटमा गीत छायांकनको क्रममा गत वर्ष ७ चैतमा एक रिसोर्टमा राखेर आफूलाई ब’ला’त्कार गरेको किशोरीले किटानी जाहेरी दिएकी छिन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्