ललितपुरमा श्रीमतीको ह ‘त्या गरेर भागेका ब्याक्ति कतार बाट पक्राउ




काठमाडौं :

इन्टरपोलमा ‘रेड नोटिस’ जारी भएका एक जना फरार प्रतिवादीलाई कतारबाट पक्राउ गरी सोमबार काठमाडौं ल्याइएको छ ।

पक्राउ गरी काठमाडौं ल्याइएकामा सिरहा बिष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुरका ४१ वर्षीय विक्की मुस्कान भन्ने भोगेन्द्र प्रसाद यादव छन् । उनलाई घटनाको ६ वर्षपछि कतारबाट पक्राउ गरी नेपाल ल्याइएको हो ।

आफ्नै २५ वर्षीया श्रीमती आरती परियारको ह’ ‘त्या गरे पश्चात उनी फ’रार रहेको प्रहरीले जनाएको छ । भोगेन्द्रलाई कतारमा पक्राउ परेपश्चात प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाले ईन्टरपोल दोहा कतारसँग समन्वय गरी नेपाल ल्याई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको हो ।

ललितपुर लेलेमा २०७२ वैशाख १५ गते बिहान आरतीको ह’ ‘त्या गरिएको अवस्थामा शव फेला परेको थियो । घटनापश्चात वैदेशिक रोजगारीको सिलसिलामा उनी कतार गएका थिए ।

भोगेन्द्रविरुद्ध अन्तर्राष्ट्रियस्तरमा खोजतलास र पक्राउको लागि महानगरीय अ’परा’ध महाशाखाको अनुरोधमा २०७६ पुस १२ गते ईन्टरपोल महासचिवालयबाट ‘डिफ्यूजन’ नोटिस जारी गरिएको थियो । २०७७ साउन १९ गते उनको नाममा ‘रेड नोटिस’ जारी गरिएको थियो ।

यादवलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि महानगरीय अपराध महाशाखामा बुझाइएकोमा इन्टरपोल शाखाले जनाएको छ । फाइल तस्विर

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्