भक्तपुरमा टहराभित्र भेटिएको शव को पहिचान खुल्यो




भक्तपुर :

भक्तपुरमा मृत भेटिएकी महिलाको पहिचान खुलेको छ । जिल्लाको चाँगुनारायण नगरपालिका वडा नम्बर ७ मा सोमबार साँझ एक महिलाको शव भेटिएको थियो । मृतक महिला करिब २८ वर्षकी जेनिसा नगरकोटी रहेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नम्बर ९, स्थायी घर भएकी मृतक महिला केही समयदेखि चाँगुनारायणमा बस्दै आएकी थिइन् ।

उनी श्रीमानसँग भक्तपुर नगरपालिका-१० भोलाछेमा बस्दै आएकी थिइन्। उनीहरू ज्याला मजदुरीको काम गर्थे। शव फेला परेपछि अनुसन्धान गर्दै जाँदा उनका श्रीमान फेला परेपछि जेनिशाको सनाखत भएको हो। उनका श्रीमान राजु लामा रहेको खुलेको छ।

तरकारी खेतमा काम गर्न जाने व्यक्तिले टहराभित्र परालले छोपेको अवस्थामा महिलाको शव देखेपछि मंगलबार बिहान प्रहरीलाई खबर गरेका थिए। मृतकको घाँ ‘टी अ’गाडि ग’हि’रो चो’ ट छ। श’रि’र’का अन्य विभिन्न भागमा पनि चो’ ‘ट रहेको प्रहरीले बताएको छ।

शरीर अ’र्ध’न’ग्न अवस्थामा फेला परेको छ। ह’ ‘त्यापछि परालले श’व छो’पेको अवस्थामा फेला परेको प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले बताए। उनीहरूका एक छोरा छन्। पाँच वर्षीय छोरा काठमाडौं चाल्नाखेलस्थित मावलीमा बस्दै आएको खुलेको छ।

घटनास्थलको प्रकृति हेर्दा ह’ ‘त्या आइतबार नै भएको अनुमान प्रहरीले गरेको छ। श्रीमान लामाले प्रहरीसँग नगरकोटी केही दिनयता कोठामा नभएको बताएका छन्। उनी चाँगुनारायण नगरपालिका-७ सम्म कसरी पुगिन् भन्ने पाटोबाट अनुसन्धान भइरहेको श्रेष्ठले बताए।

घटनास्थल बस्तीबाट केही टाढा हो। प्रहरी पुग्दा छाप्रोबाहिर एक जोर चप्पल भेटिएका छन्। ती चप्पल नगरकोटीकै हो भन्ने आशंका गरिएको छ।

टहरोमा शव रहेको जानकारी पाएपछि महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी उपरीक्षक (एसपी) शिव कुमार श्रेष्ठको कमाण्डमा अनुसन्धान अधिकृत सहितको प्रहरी टोली गएको थियो ।

सो टोलीले घटनास्थल प्रकृति तथा लाश जाँच मुचुल्का गरी पोष्टमार्टमको लागि केएमसी अस्पताल दुवाकोट पठाएको र थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्