फोटो फिरिममा ‘चाईल्ड भर्सन’मा सबैलाई रुवाएका असिम बाबु मिडियामा । शिशिर भण्डारीको आफ्नै छोरा रहेछन् (भिडियो हेर्नुस)



फोटो फिरिममा गीतको र्को भर्सन चाईल्ड भर्सनले ७ दिनमै १६ लाख दर्शकहरुको माया युट्युबमा पाईसकेको छ । गीतलाई सुप्रिम मल्ल ठकुरीले गाएका छन् भने गीतमा शिशिर भण्डारी, आश्मा गिरी, रिनेक्स बस्नेत आदि कलाकारहरुको अभिनय रहेको छ । गीतमा एक बाल कलाकार पनि छन्, जसको अभिनयले धेरैलाई रुवाएको छ । अशिम भण्डारी, उनी अभिनित यो पहिलो म्युजिक भिडियो हो । बुवाआमाको झगडाले एउटा बालककको जीवनमा पर्ने असरलाई कथावस्त बनाईएको गीतमा अशिमको अभिनय हेरेर धेरै रोईरहेका छन् । शिशिरि भण्डारीको कथा तथा निर्देशनमा बनेको गीतको भिडियोमा अभिनय गरेका ११ बर्षका असिम मिडियामा आएका छन् ।

शिशिर भण्डारीको आफ्नै जेठो छोरा अशिम यस अगाडि फोटो खिच्न टिकटक भिडियो बनाउन मान्ने थिएनन् । शिशिरले गीतको प्रस्ताव राखेपछि उनले फोटो फिरिममा गीतको शव्दहरु सुन्न थाले र गीतको भावलाई पकडे । गीतको सुटिँगमा उनी धेरै जसो वास्तविक नै रोए । पहिलो पटक अभिनयको अनुभव सँगालिरहेका अशिमलाई गीत रिलिज पछि यति धेरै सकारात्मक कमेन्टहरु आएका छन् कि उनी त्यसले दँग छन् । भिडियो हेर्नुस

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्