सर्वोच्चको आदेशपछि सुरु भयो टेलिकमको नयाँ प्रबन्ध निर्देशक नियुक्ति प्रक्रिया, ३० वर्ष सेवा गरेकी संगीता एक मात्र महिला उम्मेदवार



काठमाडौ । नेपाल टेलिकमको नयाँ प्रबन्ध निर्देशक नियुक्ति प्रक्रियाको विरुद्धमा परेको रिट सर्वोच्च अदालतले खारेज गरे पछि नियुक्ती प्रकृया सुरु भएको । टेलिकमको प्रवन्ध निर्देशकको लागि ९ जनाको निवेदन परेको छ । जसको प्रस्तुतीकरणको मिति पनि तोकिएको छ । मंगलवार २२ गते देखि छनौट भएका उम्मेदवारको प्रस्तुतीकरणको सूची सार्वजनिक भएको छ ।

नेपाल टेलिकमको नियुक्ती प्रकृयामा चित्त नबुझेपछि टेलिकमका पूर्व कर्मचारीहरु सुरेन्द्रमान सिंह र डा. राजेन्द्र कुमार पोखरेलले सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए । तर सो रिट खारेजसँगै यसअघि रोकिएको टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति प्रक्रिया अघि बढेको हो । सो रिटमा यसअघि सर्वोच्चले अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो।

सर्वोच्चका न्यायाधिशद्वय तेजबहादुर केसी र डा कुमार चुडालको संयुक्त इजलासले बुधबार सुनुवाई गर्दै र रिट खारेज गरे पछि लामो समय देखि रोकिएको प्रवन्ध निर्देशकको नियुक्ती प्रकृया सुरु भएको हो । सिंहले गएको पुस २ गते र पोखरेलले पुस ८ गते प्रबन्ध निर्देशक नियुक्ति प्रक्रियामा आफूहरुलाई बाहिर पार्ने गरी कार्यबिधि बनाईएको भन्दै विरोधमा मुद्दा दर्ता गरेका थिए।

यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टेलिकमको प्रबन्ध निर्देशकको नियुक्ति र सेवा सुविधा सम्बन्धी निर्देशिकामा संसोधन गर्दै नयाँ निर्देशिकाद्वारा प्रतिस्थापन गरेको थियो। विशेषगरी कार्यबिधिमा अमुक व्यक्तिलाई नियुक्ति गर्न टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिका लागि उमेर हद र अनुभवको बारेमा संसोधन गरिएको भन्दै तिब्र विरोध भएको थियो।

यसअघि टेलिकमको प्रबन्ध निर्देशकका लागि उमेर हद ४० पूरा भएर ५८ वर्ष ननाघेको हुनुपर्ने प्रावधान थियो। तर संसोधनपछि ३५ वर्ष पूरा भएर ५६ वर्ष ननाघेको हुनुपर्ने बनाइएको छ।

त्यसैगरी अनुभव तर्फपनि संसोधन गरेर अवधि परिवर्तन गरिएको थियो।जसअनुसार दूरसञ्चार कम्पनी लिमिटेड वा सोही प्रकृतिको दूरसञ्चार सेवा प्रदायक संस्था वा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका संस्था र निकायमा अधिकृतस्तरको पदमा कम्तीमा १२ वर्ष काम गरेको हुनुपर्ने प्रावधान राखिएको छ। यसअघि यस्तो अवधि १५ वर्षको थियो।

सरकारले नियोजितरुपमा राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक सुनिल पौडेललाई टेलिकमको नयाँ प्रबन्ध निर्देशक नियुक्त गर्नकै लागि नयाँ मापदण्ड ल्याईएको आरोप लाग्दै आएको छ। सोही आरोपलाई पुष्टी गर्नेगरी उनले सो पदमा आवेदन समेत दिएका छन्।

सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक पौडेल केन्द्रमा हुँदा समेत विवादित व्यक्ति हुन्। उनकै कार्यकालमा महालेखा परीक्षकको प्रतिवेदनले ठूलो मात्रामा रकम दूरुपयोग भएको र बेरुजु भएको देखाएको छ।

नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा निवेदन दिएकाहरु मध्य एक जना महिलाको मात्र नाम परेको छ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडकी चिफ कमर्शियल अफिसर ९सीसीओ० समेत रहेकी संगीता पहाडी एक मात्र महिला उम्मेदवार हुन् । पहाडीले एशियन इन्सीच्युट अफ टेक्नोलोजी थाइल्याण्डवाट दुई दशक अगाडी टेलिकम्युनिकेशन विषयमा स्नातकोत्तर गरेकी हुन् ।

झण्डै ३ दशक लामो टेलिकम्युनिकेशनको अनुभव संगालेकी पहाडी लामो समय देखि नेपाल टेलिकममा तार रहित संजाल विज्ञका रुपमा कार्यरत छन् । ३० वर्षको सेवा अवधि मध्य २२ वर्ष मोवाइल सर्भिसको स्थापना काल देखिनै सेवारत पहाडी पछिल्लो समय केन्द्रिय कार्यालयमा डेपुटी म्यानेनिङ डाइरेक्टर तहमा चिफ कमसिर्शय अफिसर ९सिसिओ० पदमा कार्यरत छन् ।

उनी नेपाल टेलिकमको आगामी कार्यकारी निर्देशक (म्यानेजिङ डाइरेक्टर) को प्रवल दावेदार पनि हुन् । अघिल्लो कार्यकालमा कार्यकारी निर्देशकको प्रतिस्पर्धामा वैकल्पिकमा नाम निकाल्न सफल पहाडीलाई आगामी कार्यकारी निर्देशकको रुपमा हेरिएको छ । प्राविधिक क्षेत्रमा महिलाको सहभागीता निकै न्युन रहेको अवस्थामा पहाडी एक उदाहरण हुन् । निकट भविष्यमै नेपाल दुर सञ्चार कम्पनीले एक महिलालाई कार्यकारी निर्देशक पाउने सम्भावना प्रवल देखिएको छ ।

प्राविधिक क्षेत्रमा गरेको अनुकरणीक कामको मूल्याङ्कन गर्दै थाइल्याण्डको एसियन इन्सिच्युट अफ टेक्नोलोजी एलोमेनी एसोसिएसनले पहाडीलाई हालै एआइटीएए ड्रिष्ट्युइङ गिष्ट एलोमिनी अवार्डबाट सम्मान गरेको थियो।

एसियाको सबैभन्दा पुरानो क्षेत्रीय विश्वविद्यालय एसियन इन्सिच्युट अफ टेक्नोलोजी एलोमेनी एसोसिएसनले पहाडीलाई सार्वजनिक क्षेत्रमा प्राप्त गरेको उदाहरणीय र अनुकरणीय सफलताको कदर गर्दै उनलाई अवार्ड प्रदान गरेको हो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्