१५५ यात्रुले भरिएको नेपाल वायुसेवा निगमको जाहजका दुबै टायर बेस्सरी ब्रेक लगाउँदा पड्किए



काठमाडौ ।

नेपालको सरकारी ध्वाजा वाहक जहाज चार दिन देखि बैंककमा अलपत्र परेको छ । जहाजमा आएको खराबीका कारण अलपत्र परेको हो । नेपाल वायुसेवा निगमको एयरबस आरए ४०० बैंकक विमानस्थलमा राखिएको छ । सो विमानको दुबै टायर पड्किँएको हो । जहाजका यात्रु पनि ४ दिन देखि अलपत्र छन् ।

नेपाल वायुसेवा निगमको कमजोर व्यवस्थापनका कारण यस्तो समस्या भएको हो । एयरबसको टायर समयमै फेर्न नसकेका कारण यात्रुले दुख पाएका छन् । उनीहरु बैंककमा अलपत्र छन् । अलपत्र यात्रु अन्तर्राष्ट्रिय विमानस्थलनजिक बसिरहेका छन्। निगम स्रोतका अनुसार शुक्रबार बैंककको स्थानीय समयअनुसार अपराह्न ५ बजे एयरबसको पछाडिका दुबै टायर पड्केका हुन् ।

जहाज टेक अफ हुनै लाग्दा विमानमा समस्या हाएको सथयो । निगमका एक वरिष्ठ पाइलटका अनुसार जहाजमा १५५ जना यात्रु बोकेर उड्नै लाग्दा जहाजको टायर पड्किएको जानकारी पाइलटले पाएका थिए । यस्तो अवस्थामा जोखिम हुने भएकाले जहाज क्याप्टेन प्रशान्त राई र कोपाइलट ग्रीष्म श्रेष्ठले जहाज विमानस्थलमै राख्ने निर्णय गरे ।

‘टेकअफ गर्नै लागेको जहाजमा बेस्सरी ब्रेक लगाउँदा पछाडिपट्टिका चारमध्ये एक एक वटा टायर पड्किएको बताइएको छ । नेपाल वायुसेवा निगमको एयरबस निकै जोखिमपूर्ण छ , ब्रेक सिस्टममा रहेको तेल चिसो बनाउन संयन्त्र नभएका कारण जोखिम भएको हो । तेल तीन सय डिग्री भन्दा बढी ताते पाइप नै फुटेर जहाजमा आगो लाग्ने सम्भावना हुने भएपनि निगमको जहाजमा यस्तो कुनै उपकरण नभएको प्राविधिकहरुले बताएका छन् ।

विश्वभरीका जहाजमा चिस्याउने संयन्त्र हुने भएपनि नेपालको जहाजमा भने यस्तो उपकरण छैन । पाङ्ग्रा फेर्न आइतबार राति नै प्राविधिक टोली थाइल्याण्ड पठाइए पनि अहिलेसम्म जहाज तयार भएको छैन । जसका कारण यात्रु ४ दिन देखि अलपत्र परेका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्