देशको आर्थिक अवस्थावारे जानकारी दिन पूर्व अर्थमन्त्रीलाई राखेर एमालेले पत्रकार सम्मेलन गर्ने



काठमाडौ । नेपालको अर्थतन्त्रमा परेको असर र सरकारको काम कारवाही वारे नेकपा एमालेले पत्रकार सम्मेलन मार्फत जानकारी दिने भएको छ । मुलुकमा बढ्दै गएको आर्थिक तरलता र सरकारको कमजोरीका बारेमा जानकारी दिन नेकपा एमालेले पूर्व अर्थमन्त्रीहरुलाई राखेर पत्रकार सम्मेलन गर्ने भएको हो ।

मुलुकको आर्थिक अवस्थाबारे पार्टीको धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्ने एमालेले जनाएको छ । ललितपुरको कुपण्डोलस्थित होटल हिमालयमा आइतवार दिउँसो साढे १२ बजे पत्रकार सम्मेलन आयोजना गरी एमालेले पार्टीको धारणा सार्वजनिक गर्न लागेको हो ।

एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार पत्रकार सम्मेलनमा तीन जना पूर्वअर्थमन्त्रीहरूको पनि उपस्थिति रहने छ । एमालेबाट विगतमा अर्थमन्त्री बनेका युवराज खतिवडा, विष्णु पौडेल र सुरेन्द्र पाण्डेले पत्रकार सम्मेलनमा धारणा राख्ने रिजालले जानकारी दिए । एमालेले सरकारको असक्षमताका कारण मुलुकको अर्थ व्यवस्था बिग्रेको आरोप लगाउँदै आएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्