पूर्व अर्थमन्त्रीले भने, ‘सार्थक हस्तक्षेप नभए मुलुक श्रीलंका हुनवाट कसैले जोगाउन सक्दैन’



काठमाडौ । मुलुकको विग्रदो आर्थिक अवस्थावारे नेकपा एमालेले चासो देखाएको छ । सरकारले आर्थिक अवस्थाको वास्तविक रुप लुकाएको एमालेको आरोप छ । आइतवार काठमाडौमा पत्रकार सम्मेलन गर्दै एमालेले मुलुकको आर्थिक अवस्थावारे जानकारी दिने कोशिष गरेको हो । पूर्व अर्थमन्त्री विष्णु पौडेलले मुलुकको आर्थिक स्थिति सुधारका निम्ति सार्थक हस्तक्षेप नभए श्रीलंका हुनबाट जोगाउन कसैले रोक्न नसक्ने दाबी गरेका छन् ।

सरकार अर्थतन्त्र सुधार्नमा केन्द्रित हुनुभन्दा पनि आर्थिक सूचांकलाई नकारात्मक दिशामा लान उद्दत रहेको उनले बताए । उनले भने, ुअर्थतन्त्रमा सुधार गर्न सकेनौँ भने श्रीलंका हुनबाट कसैले जोगाउन सक्दैन । मन्त्री वा प्रधानमन्त्रीले दाबी गर्दैमा बच्नेवाला छैन ।ु

आफ्नो कार्यकालको सरकारको पालामा विदेशी मुद्रा सञ्चिति ११ खर्ब डलरको रहेको र ११ महिना धान्न सक्ने स्थितिमा छोडेको उनले बताए । त्यसबेला मुद्रास्फिति ४ प्रतिशत तल रहेकोमा अहिले मुद्रा सञ्चिति निकै कम हुनुले पनि मुलुक संकटको स्थितिमा अघि बढेको उनले बताए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्