बुद्ध एयरको टिकट खरिद गर्नेले पाउनेछन् यस्तो अवसर



काठमाडौ । बुद्ध एयरको टिकट खरिद गर्नेहरुले सुविधा पाउने भएका छन् । बुद्धको बोर्डिङ पास अर्थात् टिकटमा अब सेवाग्राहीले अन्नपूर्ण केबलकारमा विशेष छुट पाउने भएका हुन् । बुद्ध एयर र पोखरास्थित अन्नपूर्ण केबलकारबीच भएको सहमति पछि यस्तो सुविधा लागू भएको हो ।

सम्झौता अनुसार बुद्ध एयर चढ्ने प्रत्येक यात्रुले अन्नपूर्ण केबलकारमा १२ प्रतिशत छुट पाउने छन् । बुद्ध एयर चढ्ने यात्रुले बोर्डिङ पासमा नै केबलकारको टिकट छुटको कुपन पाउने छन् । तर, यात्रुहरुले बोर्डिङ पास जारी गरिएको ५ दिनभित्र अन्नपूर्ण केबलकारको प्रयोग गरेमात्र सो सुविधा उपभोग गर्न पाउने कम्पनीले जनाएको छ ।

बुद्ध एयरले काठमाडौंबाट दैनिक १० वटा भन्दाबढी पोखराको उडान भर्दै आएको छ । त्यसैगरि धनगढी, नेपालगञ्ज, भैरहवा, भरतपुर, सिमरा, जनकपुरबाट पनि कम्पनीले पोखराको सिधा उडान गर्दै आएको छ ।

साथै, नववर्ष २०७९ वैशाख २ गतेबाट भद्रपुरबाट समेत पोखरा सिधा उडान गर्ने कम्पनीले घोषणा गरिसकेको छ । यी गन्तव्यहरुबाट पोखरा सिधा उडान भर्ने सबै यात्रुहरुले उक्त सुविधा पाउने कम्पनीले जनाएको छ । हाल बुद्ध एयरसँग ७२ सिटे एटीआर–७२ जहाज ११ वटा, ४२ सिटे एटीआर–४२ जहाज ३ वटा र दुईवटाबीच क्राफ्ट जहाहरु रहेका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्