काठमाडौ । समान्य घरयासी विवादका कारण उदयपुरको कटारी नगरपालिका(५ बर्मजियामा एक महिलाको ज्यान लिइएको छ । ज्यान लिएको अभियोगमा उनकै श्रीमान पक्राउ परेका छन् । शौचालय बसिरहेकी श्रीमती माथि श्रीमानले प्र हार गरेका हुन् ।
सोमबार बिहान शौचालय बसिरहेकी ३७ वर्षीया नानु खनालको उनकै श्रीमानले ज्यान लिएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । घरायसी विवादका कारण पोष्टराज दाहालले शौचालय बसिरहेकै स्थानमा दाउराले हिर्काएका थिए ।
बिहान करिब साढे ४ बजेतिर शौचालय गएकी खनालको घरको आँगनमा रहेको दाउराले हिर्काउँदा उनको घटनास्थलमा नै ज्यान गएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।
प्रहरीले घटनास्थल प्रकृति मुचुल्का गरी शवलाई कटारी अस्पतालमा पोष्टमार्टमका लागि लगेको छ । पोष्टराज दाहाललाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।