पल शाहलाई आफ्नो भन्दा आमाको धेरै चिन्ता, आमालाई सम्झेर आँशु झार्छन (भिडियो हेर्नुस्)



काठमाडौ । चलचित्र कलाकार संघका प्रतिनिधि अभिनेता पल शाहलाई हिरासतमा भेट्न पुगेका छन् । उनीहरुले पलको त्यहाँको अवस्था वारे बताएका छन् । उनीहरुले पललाई आफुहरुले भेटेर सम्झाएको बताएका छन् ।

कलाकार संघले पल र नाबालिग किशोरीको कुरा एकै पटक अदालतमा पुगेपछि मात्र पुर्णरुपमा थाहा पाएको बताए । उनले मिडियामा आएका कुराहरु भने थाहा पाएको तर त्यो कुरामा आफुहरुलाई विश्वास नलागेका कारण कुनै एक्सन नलिएको बताएका छन् ।

कलाकार संघका अध्यक्ष समेत रहेका उनले कलाकार संघमा त्यसवारे औपचारीक जानकारी आएको भए आफुहरुले त्यसवारे संघमा दुवै पक्षलाई राखेर छलफल गर्ने र त्यसले समस्या समाधान गर्न सकिने भए पनि आफुहरुले त्यो मौका गुमाएको बताएका छन् । उनले आफु पललाई भेट्न जाँदा पनि पलले आफ्नो भन्दा पनि आमाको स्वास्थ्यका बारेमा निकै चासो र चिन्ता ब्यक्त गरेको बताएका छन् ।

उनीहरुले हिरासतमा पललाई कस्तो ब्यवहार भएको ? उनको स्वास्थ्यका बारेमा चासो राखेको पनि बताएका छन् । त्यसवेला पलले आफु ठिक रहेको र आमालाई कस्तो छ भनेर चासो र चिन्ता राखेको पनि बताएका छन् । उनलाई आफ्नो आमाको मनस्थिती र स्वास्थ्यका बारेमा निकै चिन्ता गरेको पनि बताएका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्