कैलालीमा मैले श्रीमान मारेँ भन्दै जब महिला प्रहरी चौकी पुगीन्….



काठमाडौ । एक महिलाले आफ्नो श्रीमानको ज्यान लिएर प्रहरीमा आत्मसमर्पण गरेकी छन् । यो घटना कैलालीमा भएको हो । कैलालीकी ति महिलाले हँसियाले हा नेर श्रीमानको ज्यान लिएकी हुन् ।

घटना पछि उनले प्रहरीकहाँ आत्मसमर्पण गरेकी छन्। मोहन्याल गाउँपालिका १ की ३३ वर्षीया थुमा बुढामगरले श्रीमान् नारायणको ज्यान लिएको प्रहरीले जनाएको छ ।

उनीहरुबीच घरायसी विवाद भएको देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । घटनामा प्रयोग भएको हंसिया पनि प्रहरीले बरामद गरेको छ । घटना पछि थुमाले सोमबार बिहान इलाका प्रहरी कार्यालय पण्डौनमा आत्मसमर्पण गरेकी छिन्।

घटनास्थलमा इलाका प्रहरी कार्यालय लम्कीबाट प्रहरी टोली खटिएको छ। उक्त घटनास्थल पुग्न ५ घण्टा लाग्ने भएकोले विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्