काठमाडौ । विवेकशील साझा पार्टीका नेता प्रकाशचन्द्र परियारले आज आफ्नाबारे केही सञ्चारमाध्यमले लेखेका समाचारको खण्डन गरेका छन्। उनी आक्रोशित हुँदै सामाजिक सञ्जाल मार्फत आफु जिवितै छु भन्दै लेखेका छन् ।
उनको पार्टीले आजै काठमाडौं महानगरपालिका मेयर र उपमेयरमा क्रमशः समीक्षा बाँस्कोटा र कीर्ति तुलाधरलाई उम्मेदवार बनाउने निर्णय गरेपछि त्यसमा आफ्नो असहमति रहेको भनेर लेखिएका खबर झुटो भएको उनले बताएका हुन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रिय पत्रकार महोदय म जिँउदै छु। केही सञ्चारमाध्यममा कुनै अनधिकृत ई(मेलबाट मेरो हवाला दिएर भ्रामक समाचार पठाइएको र त्यसलाई प्रकाशन गरेर मिथ्यालाई समाचारको स्थान दिएकोप्रति मेरो गम्भीर ध्यानाकर्षणसहित खेद व्यक्ति गर्दछु।’
उनले आग्रह गरेका छन्, ‘कृपया भ्रामक समाचार हटाइदिनु हुन वा खण्डनका लागि अपील गर्दछु।’ कान्तिपुर टेलिभिजनमा समाचार संयोजक भएर काम गरिसकेका परियारले ‘भेरीफाई, फ्याक्ट चेकः जिम्मेवार पत्रकारिता’गर्न सुझाव पनि दिएका छन्।