काठमाडौ । एक महिलाले बाटोमा फेला पारेको ५० हजार रुपैया प्रहरीलाइ बुझाएकी छन् । तर त्यो पैसाको धनी भने प्रहरीको सम्पर्कमा आएका छैनन् । तारकेश्वर नगरपालिका १ नयाँबस्ती बस्ने सम्झना पन्तले भेट्टाएको ५० हजार रुपैयाँ महानगरीय प्रहरी वृत बालाजुमा बुझाएकी छन्।
पन्तले आइतबार दिउँसो तारकेश्वर नयाँबस्ती आनन्दटोलमा रहेको छाप्दी बाराही किराना स्टोर अगाडि ५०० रुपैयाँको एक सयवटा नोट भएको गड्डी फेला पारेकी थिइन्। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीकाअनुसार फेला पारेको ५० हजार रकम प्रहरीमा बुझाउने पन्तलाई सम्मान गरिएको छ।
साथै प्रहरीले पैसा बुझाउन पैसाधनीलाई खोजिरहेको छ। पैसा धनीले आफ्नो पैसा लिनको लागि प्रमाणसहित बालाजु वृतमा सम्पर्क राख्न प्रहरीले अनुरोध गरेको छ।