गठबन्धनलाई ‘लाच पचेका’ भन्दै पशुपति शर्माले गरे यस्तो टिप्पणी



काठमाडौं । स्थानिय तहको निर्वाचन नजिकिदै जाँदा सबैलाई राजनीतिको हावाले छोएको छ । कलाकाहरु पनि अहिले सामाजिक सञ्जालमा राजनीतिक टिप्पणी गरेका छन् ।

‘लुट्न सके लुट कान्छा’ बोलको गीत सार्वजनिक गर्दा गायक पशुपति शर्माले तत्कालीन नेकपाको संस्थापन पक्षले चेतावनी दिएपछि गीत नै हटाउनु परेको कुरा उनले पक्कै विर्सेका छैनन् होला । त्यसैले त अहिले उनले गठबन्धनलाई लाज पचेका भन्दै टिप्प्णी गरेका छन् ।

शर्माले फेसबुक स्टाटसमार्फत आफूमा विश्वास नभएकाहरूले जनताको विश्वास कसरी जित्छौ ? भन्दै कटाक्ष गरेका छन् । उनले कार्यकर्ता र जनतालाई भेडा नबन्न सुझावसमेत दिएका छन् ।

शर्माले भनेका छन्, ‘लाज पचेकाहरूले हो गठबन्धन गर्नी, सिद्दान्त मिल्नु छैन विचार मिल्नु छैन, चुनावी घोषणापत्र आफ्ना(आफ्ना छन्, के हो यो गठबन्धन रु आफूमा विश्वास छैन भने जनताको विश्वास कसरी जित्छौ रु कार्यकर्ता र जनता कति भेडा हुन्छौ सोच्नी बेला भयो अब ।’

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्