हरिप्रसाद भुसाल/ अर्घाखाँची :
भारतको हरियाणा हिसारमा भएको आगलागीमा अर्घाखाँचीका एक १४ वर्षीय बालकको ज्या’न गएको छ ।
हरियाणामा रहेको राम चाट भण्डारमा काम गर्ने अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नं. ३ साजवोट निवासी १४ वर्षीय भीमबहादुर मुखियाको ज्या’न गएको हो ।
मुखियासहित १० जना नेपाली मजदुरहरुले काम गर्दै आएको चाट भण्डारमा मंगलबार बिहान करिब ५ बजे विद्युत सर्ट भई आ’गो ला’ग्दा सोही पसलमा दुई महिनादेखि काम गर्दै आएका मुखियाको ज्या’न गएको छ भने अन्य पाँच नेपाली सामान्य घाइते भएका छन् ।
आ’गला’गीका कारण अन्य कामदार बाहिर निस्कन सफल भएको भए पनि बालक मुखिया बाहिर निस्कन नसकेपछि ज’ले’र ज्या’न ग’एको त्यहाँबाट स्थानीय नारायण न्यौपानेले जानकारी दिए । मृतक मुखियाका बुवा हिमबहादुर मुखिया पनि भातरमा मजदुरी गर्छन् ।