साहित्यलाई समाजको ऐना भनिँदै आएको कुरा सबैलाई अवगत नै छ। यसै प्रसंगमा नेपाली साहित्यको भविष्यलाई मध्यनजर गर्दै साहित्यको संरक्षण,संवर्धन र विकासका लागि एवं सर्जकको सम्मान तथा प्रोत्साहनका लागि साहित्यमा संसार छ भन्ने मूल नाराका साथ धुन फिल्मस् एंड मिडिया प्रा।लीले नयाँ वर्षको सुअवसर पारेर प्रसून नामक साहित्यिक कार्यक्रम सुरु गरेको छ ।
साप्ताहिक रूपमा प्रसारण गर्ने गरेर कार्यक्रमको पहिलो भाग नयाँ वर्षकै दिन वाइड नेपाल युट्युब च्यानलबाट सार्वजनिक गरेको धुन फिल्मस् एंड मिडीया प्रा।लीका अध्यक्ष तथा संचारकर्मी सित्तल भेट बस्यालले बताए ।
उक्त कार्यक्रमका हरेक भाग सर्जकबाटै प्रारम्भ भएर सर्जकबाटै समापन हुने पनि बस्यालले जानकारी गराए।साहित्यिक कार्यक्रम प्रसून हरेक हप्ता विहीबार अपराह्ण ४:३० बजे वाइड नेपाल युट्युब च्यानलबाट नयाँ स्रष्टा र सिर्जनाका साथ कार्यक्रम प्रसारण हुने पनि बस्यालले जानकारी गराए ।
पूरा भिडियो हेर्न यो लिंकमा क्लिक गर्नुहोस्