चियासँग खाजा नदिएको भन्दै ससुराले हाने बुहारीलाई गो’ली



काठमाडौं ।

एक ससुराले बुहारीको ह’त्या प्रयास ग’रे’का छन् । भारत, महाराष्ट्रको थानेमा एक वृद्धमाथि आफ्नी बुहारीलाई सर्भिस रिभल्भरले गो’ली हा’नेको आरोप लागेको हो । पेटमा गो’ली ला’गेर ४२ वर्षीया महिला गम्भीर घाइते भएकी छिन् ।

उनलाई त्यहाँको एक अस्पतालमा भर्ना गरिएको छ, उनको उपचार भइरहेको छ । वरिष्ठ प्रहरी अधिकारी सन्तोष घाटेकरका अनुसार आरोपी ७६ वर्षीय काशिनाथ पान्डुरङ्ग पाटिलविरुद्ध आईपीसीको धारा ३०७ (हत्याको प्रयास) र ५०६ (आपराधिक धम्की) अन्तर्गत मुद्दा दर्ता गरिएको छ । तर, अभियुक्त अझै पक्राउ परेका छैनन् ।

आरोपितकी दोस्रो बुहारीले दिएको उजुरीका आधारमा प्रहरी अधिकृतले घटना स्थानीय समयानुसार बिहीबार राति करिब ११ः३० बजे भएको बताए । महिलाले ससुरालाई चियासँग खाजा नदिएपछि आक्रोशित भएका थिए ।

सोही क्रममा उनले आफ्नो सर्भिस रिभल्भरले गो’ली हा’ने’का हुन् । पेटमा गो’ली ला’गेर महिला गम्भीर घाइते भएकी छन् । परिवारका अन्य सदस्यको सहयोगमा उनलाई अस्पतालमा भर्ना गरिएको छ ।

उनको अवस्था चिन्ताजनक छ । सन्तोष घाटेकरले चियासँगै नाश्ता नदिएको भन्दै महिलाको पेटमा गो’ली हा’नेको बताए । प्रहरीले अभियुक्तलाई कुनै किसिमले उक्साहट गरिएको हो वा होइन भन्ने विषयमा पनि अनुसन्धान गरिरहेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्