जब श्रीमानलाई दोश्रो बिवाह गर्न आग्रह गर्दै…..



काठमाडौं :

एक महिला पत्रकारले केरलामा दे’ह’त्या’ग ग’रे’की छन् । श्रीमानले उनलाई कु’टपि’ट ग’रेको आरोप छ । मंगलबार महिला पत्रकारका भाइ निशान्त नारायणले ह्वाइटफिल्ड अपार्टमेन्टमा मृत फेला पारेका थिए । ३७ वर्षीया श्रुति नारायण समाचार एजेन्सी रोयटर्सकी पत्रकार थिइन् ।

श्रुतीले सु’सा’इ’ड नो’ट पनि छोडेकी छिन् जसमा उनले म आफ्नो जीवन स’मा’प्त ग’र्न लागिरहेको लेखेकी छिन् । मेरो यो कदमबाट दुई जना धेरै खुसी हुनेछौ। तिमी र म। नोटमा श्रुतिले लेखेकी छिन्, ‘म खुसी छु किनभने म यो  जीवनबाट मुक्ति पाउने छु र तिमी खुशी हुनेछौ किनभने तिमीले मलाई आफ्नो जीवन टाढा देख्ने छौ । श्रीमानको नाममा लेखिएको नोटमा श्रुतिले श्रीमान्लाई पुन बिवाह गर्ने हो भने अन्धो र बहिरा महिलासँग बिहे गर्न आग्रह गरेकी छन् । महिला पत्रकारले आफूलाई २० मिनेटभन्दा बढी या’त’ना कसैले सहन नसक्ने आरोप लगाएकी छन् ।

श्रुतिका श्रीमान् अनिश कोरोथ मार्च १९ मा कन्नुरस्थित आफ्नो पैतृक घर गएका थिए तर हाल उनको ठेगानाबारे कुनै जानकारी छैन। श्रीमान कुन्नूर गएको एक दिनपछि मार्च २० मा श्रुतिले दे’ह’त्या’ग ग’रे’की थिइन् । अर्कोतर्फ, श्रुतिका भाइ निशान्त २० मार्चमा फ्ल्याटमा पुग्दा उनले बहिनीलाई मृ त फे ला पारे । निशान्त पनि आफ्नी श्रीमतीसँग बैंगलोरमा बस्छन्। प्रहरीले घरबाट विभिन्न तीन नो ट फे ला पा रे को छ ।

एउटा प्रहरीका लागि, एउटा उनका पति अनिश कोरोथको लागि र अर्को श्रुतिले कासरगोड सहरमा बस्ने उनका आमाबुवा नारायणन पेरिया र सत्यभामाका लागि। आमाबुवाको नाममा लेखेको नोटमा श्रुतिले आफू जिउँदै रहेमा धेरै वर्षसम्म उनीहरुको दुःखको कारण बन्ने बताएकी छन् । श्रुति र उनका श्रीमान्बीच फेब्रुअरीमा कासारगोडमा केही विषयमा सहमति भएको बताइएको छ तर त्यसपछि पनि सबै कुरा ठीक हुन सकेको थिएन । श्रुतिले बेलायत र आयरल्याण्डको समाचार संस्थामा डेपुटी प्रोडक्सन सम्पादकको रुपमा काम गरिसकेकी छिन् । २०१३ मा उनी रोयटर्समा सामेल भएपछि जहाँ उनले नौ वर्ष काम गरेकी थिइन् ।

यो पनि, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले धार्मिक पर्यटनबाट नै देश विकास सम्भव रहेको बताउनुभएको छ । आज नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट–९ थुम्सीस्थित हनुमान मन्दिरमा आयोजना गरिएको विराट ज्ञान महायज्ञ समापन कार्यक्रममा उहाँले धार्मिक पर्यटनका हिसाबले गण्डकी प्रदेश धनी रहेको बताउँदै यहाँका धार्मिकस्थलको विकासका लागि प्रदेश सरकार सदैव अग्रसर रहेको बताउनुभयो । उहाँले पवित्र धार्मिक तथा पर्यटकीयस्थल मुक्तिनाथ, त्रिवेणीधामसमेत गण्डकी प्रदेशमा रहनुले यहाँको आर्थिक विकासमा ठूलो टेवा पुगेको जिकिर गर्नुभयो ।

उहाँले भारत र चीन जोड्ने धार्मिक भूमि नै नेपाल भएकाले धार्मिक पर्यटनले देश विकासमा टेवा पुग्नेमा समेत जोड दिनुभयो । उहाँले प्रदेशभित्र रहेका धार्मिक क्षेत्र गजेन्द्र मोक्षधाम, मुक्तिनाथ र देवघाटधामले विषेश महत्व राख्ने हुँदा यी क्षेत्रको विकासमा विशेष प्राथमिकता दिएर अगाडि बढ्ने मुख्यमन्त्री नेपालीले बताउनुभयो । हनुमान मन्दिर चक्रघाट समितिका अध्यक्ष एवं महायज्ञ मूल आयोजक समितिका संयोजक टीकाराम सापकोटाले शिखर खजुराव शैलीको नेपालकै पहिलो, भव्य र कलात्मक मन्दिर रहेको दाबी गर्दै पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न गुरुयोजनाअनुसार काम गर्ने बताउनुभयो । नेपालको मध्यभागमा रहेको यस मन्दिर पूर्वपश्चिम भएर यात्रा गर्नेहरूका लागि पायक पर्ने स्थानमा समेत रहको हुँदा यस क्षेत्रको प्रचारप्रसारसँगै मन्दिरले यस क्षेत्रको विकासमा समेत टेवा पु¥याउने उहाँको भनाइ छ ।

सङ्कटमोचन हनुमानको दिव्य मूर्ति, कलाकारिताले परिपूर्ण मन्दिरको बाहिरी पाटो, शिखर खजुराव शैलीको गुम्बज, काष्ठकलाका कलात्मक झ्यालढोका, रामदरबार, साना गुम्बज आकारका मार्बल रेलिङ, मार्बलको आँखीझ्याल, सिँढी तथा आकर्षक विद्युत व्यवस्थापन र रङरोगन यस मन्दिरका दर्शनीय पक्षहरू रहेको उहाँले बताउनुभयो । विसं २०४२ देखि पूजाअर्चना गरिँदै आएकामा हाल ४२ फिट लम्बाइ, ४२ फिट चौडाइ र ६३ फिट उचाइ भएको मन्दिर निर्माण गरिएको जानकारी दिनुभयो । चैत २७ गते रामनवमीदेखी सुरु भएको महायज्ञ आज समापन भएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्