बहिनीको मृत्युले विक्षिप्त भै कसैसंग बोल्न छोडेका अभिनेता विजयले दिए १० वर्षपछि एउटा अन्तरवार्ता, नयाँ फिल्मका लागि लिए १ अर्ब पारिश्रमिक



काठमाडौं :

साउथ उद्योगमा हाइएस्ट पेड अभिनेताका रुपमा थलपति विजयलाई चिनिन्छ । एकपछि अर्को सुपरहिट फिल्म दिएका अभिनेता विजयले करोडौं पारिश्रमिक लिन्छन् । १० वर्षको सानै उमेरदेखि एक्टिङ फिल्डमा छिरेका विजय जस्तोसुकै भूमिकामा पनि फिट मानिन्छन् ।

थलपति विजय बन्नका लागि उनको सफर सहज भने थिएन । सामान्य परिवारमा जन्मिएका विजयको पहिलो पारिश्रमिक ५०० रुपये थियो । उनका लागि स्टारडमको सिँढी चढ्नु कुनै ठूलो सपना भन्दा कम थिएन ।
अभिनेता विजयको फ्यान फलोइन् दक्षिण भारतमा मात्रै नभइ नेपालमा पनि राम्रै छन् । हालसम्म विजयले ६५ वटा भन्दा बढी फिल्ममा काम गरिसकेका छन् । १० वर्षको सानै उमेरदेखि उनले फिल्ममा चाइल्ड एक्टरको रुपमा आफ्नो पारी सुरु गरेका थिए । सन् १९८४ मा रिलिज भएको फिल्म ‘भेट्री’मा उनले काम गरेका थिए ।

उनको पहिलो ब्लकबस्टर फिल्म १९९६ मा आएको थियो । फिल्मको नाम ‘पूवे उनाक्कागा’ थियो । उनको सुपरडुपर हिट फिल्महरुमा सरकार, मर्शल, काभालान, नाव्नान, थुप्पाक्की, काथ्थीलगायत छन् ।

उनको जन्म चेन्नईमा भएको थियो । उनका बुबा एस ए चन्द्रशेखर तमिल फिल्मका निर्देशक हुन् । उनका आमा शोभा प्लेब्याक गायिका हुन् । सुरुवाती दिनहरुमा विजयको परिवारको आर्थिक अवस्था निकै नाजुक थियो । उनीहरु मध्यम परिवारका मानिन्थे ।

उनकी आमा शोभाले कन्सर्टमा गाउने गर्थिन् । उनको दैनिक पारिश्रमिक १०० रुपैयाँ थियो । उही १०० रुपैयाले विजयको परिवार चल्थ्यो ।

यसै क्रममा तलिम सुपरस्टार थलपति विजयको नयाँ फिल्म बिस्ट रिलिज भएको छ । यो हेर्नका लागि सिनेमा घरबाहिर प्रशंसकको भीड उर्लिएको छ । थलपति विजयको गन्ती साउथका सबैभन्दा बढी पारिश्रमिक लिनेमा गनिन्छ ।

बिस्ट फिल्मका लागि उनले सय करोड अर्थात् १ अर्ब पारिश्रमिक लिएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् । फिल्म रिलिज हुँदा लगभग १० वर्षपछि विजयले टिभीमा अन्तरवार्ता दिएका छन् । यतिबेला उनले आफ्नो नीजि जीवनबारे खुलेर कुराकानी गरेका छन् ।

बाल्यकालमा आफ्नी बहिनीको मृत्युपछि चुप लागेर बस्ने विजय पहिला असाध्यै बोलक्कड र चञ्चले थिए । तर बहिनीको मृत्युले उनी भित्रैबाट टुटे । सानी बहिनीको मृत्यु भएको वर्षौं बितिसकेको छ तर उनी यो दुर्घटनाबाट अहिले पनि बाहिर निस्कन सकेका छैनन् । उनले आफ्नो प्रोडक्सन हाउसको नाम पनि आफ्नी ती बहिनीको नाममा राखेका छन् ।

विजयकी एक बहिनी थिइन् । उनको नाम विद्या थियो । विजयलाई आफ्नी बहिनीसँग निकै लगाव थियो । तर कम उमेरमा नै विद्याको मृत्यु भयो । बहिनीको मृत्युले उनलाई भित्रैदेखि मर्माहित तुल्यायो । उनकी आमाका अनुसार उक्त दुर्घटनाभन्दा अघि विजय असाध्यै बोल्ने गर्दथे तर आफ्नी बहिनीको मृत्युपछि भने उनी कसैसँग कुरा नगर्ने, एक्लै बस्ने गर्न थाले । आज पनि उनी सार्वजनिक रुपमा कुराकानी गर्न रुचाउँदैनन् । साउथका यी ठूला स्टारले १० वर्षपछि टिभीमा अन्तरवार्ता दिएका छन् ।

आफ्नी ती बहिनीलाई याद गर्दै थलपति विजयले विद्या–विजय प्रोडक्सन बनाए । विजयले आफ्नी छोरीको नाम दिव्या राखेका छन् जुन उनकी बहिनीको नामसँग मिल्दोजुल्दो छ ।

आफ्नो २५ वर्षको करियरमा विजयले ६० भन्दा बढी फिल्ममा काम गरिसकेका छन् । उनले बाल कलाकारको रुपमा तमिल फिल्ममा काम गर्न सुरु गरेका थिए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्