पाकिस्तानका नयाँ प्रधानमन्त्री शहबाज शरीफको जीवन: ५ विवाह, श्रीमतीका लागि बनाइयो फ्लाईओभर…



काठमाडौँ ।

पाकिस्तान मुस्लिम लिग (नवाज) का नेता तथा पूर्व प्रधानमन्त्री नवाज सरिफका भाइ शाहबाज सरिफ पाकिस्तानको २३औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।

उनलाई पाकिस्तानको तल्लो सदन नेशनल एसेम्बलीका १७४ सदस्यले मतदान गरेका थिए भने शाह महमूद कुरैशीले एक मत पनि पाएनन् ।

शाहबाज शरीफ पाकिस्तानको संयुक्त विपक्षी दलले प्रधानमन्त्री पदका लागि संयुक्त उम्मेदवार थिए । सोमबार विश्वासको मतमा मतदान भएको थियो, जसमा उनले बहुमतका लागि चाहिने १७२ मत भन्दा २ मत बढी पाएका थिए ।

यिनै प्रधानमन्त्रीले ५ विवाह गरेका छन् र उनी दुई श्रीमतीसँग बस्छन् अर्थात् शाहबाज सरिफ पनि विवाहको मामिलामा इमरानमाथि भारी छन्, जसले आफ्नी श्रीमतीका लागि फ्लाईओभर बनाएका छन् ।

इमरान खानले ३ विवाह गरेका कारण शाहबाज सरिफ उनीभन्दा २ कदम अगाडि छन् । शाहबाज शरीफ पाकिस्तानमा पाँच विवाहका लागि चर्चित छन्। शाहबाज शरीफलाई पाकिस्तानी पञ्जाबमा कडा प्रशासकको रूपमा चिनिन्छ, जसलाई उनका विरोधीहरूले माइकको शत्रु भनेर जिस्काउँछन्।

शाहबाज शरीफको यो स्टाइल पाकिस्तानमा मात्रै होइन, उनको व्यक्तिगत जीवन पनि वर्षौंदेखि पाकिस्तानमा चर्चाको विषय बनेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्