रोनाल्डोका जुम्ल्याहामध्ये एक बच्चाको निधन, भावुक हुँदै लेखे छोराको नाममा यस्तो समबेदना



काठमाडौं :
स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र जर्जिना रोड्रिगेजका नवजात जुम्ल्याहा बच्चामध्ये एकको निधन भएको छ ।

म्यानचेस्टर युनाइटेड तथा पोर्चुगिज फरवार्ड रोनाल्डोले सोमबार राति सामाजिक संजालबाट नवजात जुम्ल्याहा बच्चामध्ये एकको निधन भएको बताएका हुन् ।‘ आफ्नो बच्चाको निधनबारे हामीले गहिरो दुःखमा साथ भन्नु परेको छ।’

जुम्ल्याहा बच्चाको आशा गरेका उनीहरूले दुई मध्ये छोराको मृत्यु भएको र छोरी बाँचेको बताएका हुन्।

म्यानचेस्टर युनाइटेडका फरवार्डले आफ्नो नवजात छोराको मृत्यु भएको घोषणा गरेपछि क्रिस्टियानो रोनाल्डोले गोपनीयता मागेका छन् । रोनाल्डो र रोड्रिग्वेजले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गहिरो दुःखका साथ हामीले हाम्रो बच्चाको निधन भएको घोषणा गर्न चाहन्छौँ।

यो सबैभन्दा ठूलो पीडा हो जुन कुनै पनि आमाबाबुले महसुस गर्न सक्छन्। हाम्रो छोरीको जन्मले मात्र हामीलाई यस क्षणलाई केही आशा र खुसीका साथ बाँच्न बल दिन्छ। हामी डाक्टर र नर्सहरूलाई उनीहरूको सबै विशेषज्ञ हेरचाह र समर्थनको लागि धन्यवाद दिन चाहन्छौँ।

हामी सबै यस क्षतिमा स्तब्ध भएका छौँ र हामी यो धेरै कठिन समयमा गोपनीयताको लागि अनुरोध गर्दछौँ। हाम्रो बच्चा, तिमी हाम्रो परी हौँ। हामी तिमीलाई सधैँ माया गर्नेछौँ।’

३७ वर्षिय रोनाल्डो र २८ वर्षिय रोड्रिग्वेजले यसअघि अक्टुबरमा बा-आमा बन्ने घोषणा गरेका थिए।

रोनाल्डो अहिले ५ बच्चाका पिता छन् । प्रेमिका रोड्रीगुएजबाट यसअघि पहिलो बच्चा अलाना मार्टिनाको २०१७ मा जन्म भएको थियो। मार्टिना बाहेक रोनाल्डोका छोरा रोनाल्डो जुनियर र जुम्ल्याह इभा र माटेओ छन्।

 

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्