क्रिष्टियानो रोनाल्डोले रुदै भने ‘अब हाम्रो छोरा यो संसारमा रहेनन, ‘हामी गहिरो पीडामा छौं’, म अब कहिल्यै…..



काठमाडौं ।

पोर्चुगल स् क्रिष्टियानो रोनाल्डो र जर्जिना रोड्रिग्वेजले गत वर्ष अक्टोबरमा आमाबुवा बन्न लागेको घोषणा गरेका थिए। म्यानचेस्टर युनाइटेडका फुटबलर क्रिस्टियानो रोनाल्डो र जर्जिना रोड्रिग्वेजले आफ्नो नवजात छोरा गुमाएका छन्। क्रिस्टियानोले सामाजिक सञ्जालमार्फत आफ्ना फ्यानहरूलाई यो दुखद दुर्घटनाको जानकारी दिएका हुन्।

पोर्चुगिज नागरिक रोनाल्डो र उनकी २८ वर्षीया श्रिमती जर्जिना रोड्रिग्वेज जुम्ल्याहा बच्चाको आमाबुवा बन्न लागेका थिए। उनीहरुकी छोरी सकुशल छन्। रोनाल्डो र जर्जिना ले यो दुःखमा पनि छोरी साथमा भएकीले केही आशा दिएको बताए।

क्रिस्टियानोले इन्स्टाग्राममा लेखेका छन्, ‘धेरै दुस्खका साथ यो भन्नुपर्छ कि हाम्रो छोरा यो संसारमा रहेन। हामी यो घटनाले गहिरो पीडामा छौं र यो समस्याको समयमा हाम्रो गोपनीयताको सम्मान गर्न अपील गर्दछौं। स्टियानोको यो पोस्टपछि विश्वभरका उनका फ्यानहरुले उनलाई माया र समवेदना पठाइरहेका छन्।

आफ्नो बच्चाको निधनबारे हामीले गहिरो दुःखमा साथ भन्नु परेको छ।’ जुम्ल्याहा बच्चाको आशा गरेका उनीहरूले दुई मध्ये छोराको मृत्यु भएको र छोरी बाँचेको बताएका हुन्। म अब कहिल्यै छोरा संग भेट हुने छैन भन्दै दुख व्यक्त गरेका छन ।  म्यानचेस्टर युनाइटेडका फरवार्डले आफ्नो नवजात छोराको मृत्यु भएको घोषणा गरेपछि क्रिस्टियानो रोनाल्डोले गोपनीयता मागेका छन् । रोनाल्डो र रोड्रिग्वेजले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गहिरो दुःखका साथ हामीले हाम्रो बच्चाको निधन भएको घोषणा गर्न चाहन्छौँ।

यो सबैभन्दा ठूलो पीडा हो जुन कुनै पनि आमाबाबुले महसुस गर्न सक्छन्। हाम्रो छोरीको जन्मले मात्र हामीलाई यस क्षणलाई केही आशा र खुसीका साथ बाँच्न बल दिन्छ। हामी डाक्टर र नर्सहरूलाई उनीहरूको सबै विशेषज्ञ हेरचाह र समर्थनको लागि धन्यवाद दिन चाहन्छौँ।

रोनाल्डो सन् २०१० मा पहिलोपटक पिता बनेका थिए। उनको छोराको नाम क्रिस्टियानो जुनियर हो। यसपछि सन् २०१७ मा क्रिस्टियानो जुम्ल्याहा सन्तानको पिता बनेका थिए। क्रिस्टियानोको जर्जिना रोड्रिग्वेजसँग पनि पहिला जन्मिएकी एक छोरी छिन्। उनको जन्म २०१७ मा भएको थियो।

 

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्