सेल्फ ड्राइभ नेपालले ५० यूनिट बीवाईडी एसयूभी खरिद गर्ने



काठमाडौँ :

स्पार्क ग्रुप अन्तर्रगतको सेल्फ ड्राइभ नेपालले बीवाईडी ई–६ मोडेलको ५० युनिट इलेक्ट्रिक एसयूभी खरिद गर्ने भएको छ ।

उक्त इलेक्ट्रिक एसयूपी खरिदको लागि सेल्फ ड्राइभ र नेपालको लागि बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इन्क प्रालिबीच सम्झौता भएको छ । यति ठूलो मात्रामा बीवाईडीको कार सम्झौता नेपालमा मात्र नभई दक्षिण एशियामा नै पहिलो भएको कम्पनीले जानकारी दिएको छ ।

लक्जरी इलेक्ट्रिक गाडीको फ्लीट सञ्चालनको लागि बीवाईडी र स्मार्क ग्रुपको लागि एउटा कोशेढुङ्गा सावित भएको छ ।

सेल्फ ड्राइभले कर्पोरेट र निजी ग्राहकहरूलाई चालक सहितको कारहरू उपलब्ध गराउने गरेको छ । यो सुविधा पाँच विशुद्ध विद्युतीय गाडी, उत्सर्जन मुक्त ई६ (पहिलो जेनेरेसन) सँग सेवा प्रदान गर्ने भएको छ ।

बीवाईडी कारमा प्रमाणित र भरपर्दो ब्याट्री रहेको कम्पनीले दाबी गरेको छ । यी कारहरुमा यूआई प्रमाणित आइरन ब्याट्रीहरु सहितको इलेक्ट्रिक टेक्नोलोजी जडान गरिएको छ ।

बीवाईडीले गुहेश्वरीमा स्पार्क ग्रुपलाई मध्यनजर राख्दै अत्याधुनिक सुविधाको सर्भिस सेन्टर सञ्चालनमा पनि ल्याउने भएको छ । उक्त सर्भिस सेन्टर मे महिनाभित्र सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।

ई६ कार एक पटक चार्ज गर्दा ४०० किलोमिटरसम्म यात्रा गर्न सकिने बताइएको छ ।

सम्झौतामा हस्ताक्षर गर्दै साइमेक्सका सिइओ साहिल श्रेष्ठले स्पार्कसँगको सम्झौताले नेपालमा विद्युतीय गाडीको सङ्ख्या बढाउन सहयोग गरेको बताए ।

त्यस्तै, स्पार्कका सिइओ रोशन पोखरेलले बीवाईडीका कारहरुले हामीले चाहिएको सबै कुरा पाइएको बताए । यी कारहरुले यात्रुलाई थप आराम दिनुको साथै भरपर्दो, सुरक्षित र द्रुत चार्ज हुने भएकाले बीवाईडी रोजेको बताए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्