कोहलपुर मेयरका उम्मेद्वारमा भुसाल नै किन ? भन्छन् ‘जनताको घरदैलोमा जनताको सेवक बनेर पुग्ने गरेको छु नकि जनताको नेता’



बाँके ।

यही बैशाष ३० गते हुन गई रहेको स्थानिय तहको निर्वाचनमा नेकपा एमालेबाट कोहलपुुर नगरपालिकाकोलागी मेयरको प्रत्यासी उम्मेदवार नेकपा एमालेका नेता एवं कोहलपुर नगरपालिका बाँकेका अध्यक्ष खिल प्रसाद भुषाल देखिएका छन् । उनी आफुले मेयरकालागी टिकट पाउनेमा विश्वस्त रहेको बताउँछन् ।

राज्य पूनरसंरचनापछि नगर सचिव हुँदै नगर कमिटिको अध्यक्षमा निवाएचित भएका उनी वि.सं. २०६४ र २०७० सालको संविधान सभा निर्वाचनमा निरन्तर निर्वाचनमा खटिउका उनी वि.संं. २०७० सालकै निर्वाचनमा आर्थिक संयोजकका रुपमा पनि आफुले पाएको कार्यभारको जिम्मेवारी सम्हालेका थिए ।

२०७४ सालको स्थानिय तहको निर्वाचनमा कोहलपुरको नगर प्रमुख र प्रदेश सासंदका लागि प्रवल दाबेदार भूसालले पार्टीको हीतकालागी आफ्नो उम्मेदवारी त्यागेका थिए । त्यसपछि उनी पार्टीद्धारा दिईएको जिम्मेवारी पुरा गर्नकोलागी आम निर्वाचन र प्रदेश निर्वाचन उम्मेदवारलाई विजयी बनाउन लागी परे र उनी सफल पनि भए ।

नगरको अध्यक्षमा रहेर आफ्नो जिम्मेवारी सम्हालि रहेका उनै नेकपा एमालेका नेता एवं नगर अध्यक्ष खिल प्रसाद भुसालसंग मेयरको उम्मेदवारी केकालागी र मेयरमा निर्वाचित हुुनु भयो भने कोहलपुरकालागी तपाईँको योजना कस्तो छ ? भन्ने लगाएका विषयमा गरिएको कुराकानीको केही अंश :

आफ्नै पार्टी भित्र तपाईँ लगाएत अन्य दुई जनाको नाम मेयरकालागी नोमिनेसनमा परेको छ । टिकट पाउनकोलागी कत्तिको रस्साकस्सी गर्नु भएको छ ?

=) मलाई त्यस्तो रस्साकस्सी गर्न कुनै आवश्यक नै छैन । किनभने म पार्टीले दिएको जिम्मेवारीलाई पुर्ण रुपले इमानदारीका साथ पालना गर्दै त्यसलाई पुरा गर्ने सिद्धान्त बोकेको मान्छे हुँ । यस कोहलपुरमा भएका कुनै त्यस्तो वडा छैन जहाँ म नपुगेको हुँला । म यहाँका जनताका घरदैलोमा केवल एउटा नेताका रुपमा हैन जनताको सेवकको रुपमा पुग्ने गरेको छु । यस अर्थमा पनि मलाई यहाँका जनताले र पार्टीले काम गर्ने नेताका रुपमा राम्रैसंग चिन्ने भएको हुनाले म आफुले टिकट पाउनेमा पुर्ण रुपले विश्वस्त छु ।

टिकट पाईहाल्नु भयो भने तापाईँको सामू पाँच दलको गठबन्धन छ । त्यस्लाई कसरी जित्नुु हुन्छ ?

=) मैले सानैबाट कथा पुराणमा सुन्दै आएको थिएँ कि ब्रम्ह्माको तीन तिर फकिएको टाउको हुन्छ । त्यो पनि सबै उस्तै । जस्लाई जताबाट हेरेपनि उस्तै देखिन्थ्यो र जताबाट हेरेपनि यिनी ब्रम्ह्देव नै रहेछन् भनेर चिनिन्थ्यो । तर यो गठबन्धनको त पाँच ओटा टाउको छ । जस्को पाँचतिर फर्किएको अनुहार नै फरक फरक छन् । यी फरक अनुहारलाई जनताले कसरी चिन्लान् र ? पाँच थरी चुनाव चिन्ह्लाई फर्काइ फर्काइ भोट हाल्नुको साटो छर्लंगै देखिने एउटा मात्र चुुनाव चिन्ह सुर्यलाई नै भोट हाल्न सजिलो हुन्छ नी ।

त्यसमापनि कोहलपुुरका बासिन्दा भनेका अति नै सचेत बासिन्दा छन् र सूचना सबैसंग छ । म अरुको कुरा गर्न चाहान्न किनभने अरु जस्तो आफु जहाँ छ त्यही जनतालाई बोलाएर दुःद दिने हैन म जनता जहाँ छन् त्यही गएर जनतालाई सेवा सुविधा दिने मान्छे हुँ । यो चुनावमा अहिले जतिपनि उम्मेदवारहरु उठ्नु भएको छ उहाँहरुलाई यहाँ जामुनघारी कहाँ पर्छ थाहा छैन । सिराहा कहाँ पर्छ थाहा छैन । उहाँहरुलाई ढोरपुरठारा कहाँ हो थाहा छैन । प्रेमपुर कहाँ पर्छ उहाँहरु यसको बारेमा अनभिज्ञ हुनुहुन्छ । यो अन्तरवार्ता पढेपछि सायद खोज्दै जानु हुन्छ होला । त्यस्ता मान्छे अहिले आएर मलाई सेवा गर्ने मौका दिनुस् भन्दै दुई हात जोड्दै भोट माग्दै हुनु हुन्छ । तर मैले त्यसो गर्नै पर्दैन ।

किनभने मेरो काम भनेको जनताको सेवा गर्ने हो र मैले ३ सय ६५ दिनभरी नै जनताको सेवा गरि रहेको छु । यो चुुनावको मुखमुखमा मैले जनताको घरघरमा गएर हात जोड्दै जिताई दिनु पर्यो भन्न मलाई कुनै आवश्यक नै छैन । यहाँका सबै जनताले मलाई चिन्नु भएको छ मेरो कामलाई देख्नु भएको छ त्यसैले यो गठबन्धन न मेरोलागी न त मेरो पार्टीकैलागी कुनैपनि हालतमा भारी पर्नै सक्दैन । त्यसैले यो गठबन्धनमा जीत निश्चित नै छ ।

यदि तपाईँले टिकट पनि पाउनु भयो र जितेर मेयर पनि बन्नु भयो भने तपाईँको पहिलो काम कहाँबाट र कुन क्षेत्रबाट शुरु गर्नु हुन्छ ?

=) मेरो जीवनको पहिलो प्रामिकता जहिले पनि सभ्य समाज हुुनु पर्छ भन्ने मान्यतामा रहँदै आएको छ । र सभ्य समाज बन्नकोलागी त्यो समाजका मानिसहरु शिक्षित हुुन निकै आवश्यक हुन्छ । त्यसैले मेरो काम गुणस्तरिय शिक्षा प्रदान गर्ने नै रहन्छ । त्यसमापनि अझैं प्राथमिकता छोरी पढाऊ अभियानमै केन्द्रित रहन्छ ।

मेरो कार्य योजना त्यो ठाउँसम्म पुग्ने छ जहाँ राज्यद्धारा पछाडि पारिएको समूदाय, जाती, वर्ग लगाएत ती सबैको ज जस्को शिक्षा जस्तो अपरिहार्य कुरामा पहुँच छैन । त्यसैले मेरो अभियानको पहिलो शुरुवात नै यहाँको शैक्षिक क्षेत्रलाई नै सबल र सक्षम बनाउनेमा रहन्छ । यसका महिलाहरुलाई आर्थिक रुपमा सबल सक्षम बनाउनमा मेरो भरपुर प्रयास रहन्छ । र महत्वपुर्ण कुरा कोहलपुुरलाई हरेक क्षेत्रबाट भ्रष्टाचार रहीत नगर बनाउने छु । यो मेरो प्रतिबद्धता नै हो ।

 

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्