मुम्बईको लगातार खराब प्रदर्शन जारी, आठौं हारले लाग्यो अर्को कडा झड्का



काठमाडौं, १२ वैशाख :

लखनऊ सुपर जायन्ट्ससँग ३६ रनले पराजित भएसँगै मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपीएल) मा लगातार आठौं खेलमा बेहोरेको छ ।आइतबार मुम्बईमा पाँच पटकको च्याम्पियन मुम्बई पराजित भएसँगै प्ले अफको सम्भावना समेत लगभग सकिएको छ ।

जितका लागि १६९ रनको लक्ष्य पाएको मुम्बई २० ओभरमा ८ विकेट गुमाउँदै ३२ रनमा समेटियो ।मुम्बईका रोहित शर्माले सर्वाधिक ३९ रन बनाए । यस्तै तिलक बर्माले ३८ रन बनाए ।लखनऊका क्रुनाल पान्ड्याले ३ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको लखनऊले २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रनको योगफल तयार पारेेकाे थियाे ।लखनऊका कप्तान लोकेश राहुलले सर्वाधिक १०३ रन बनाए । यस्तै मनिष पाण्डेले २२ रन बनाए ।

मुम्बईका काइरन पोलार्डले र राइली मेरिडीथले समान २ विकेट लिए ।जितसंगै लखनऊ ८ खेलबाट ५ जित सहित १० अंक बनाएर चौथो स्थानमा छ । मुम्बई ८ खेलमा जित बिहीन हुँदै पुछारमा छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्