काठमाडौं :
सुन्दर अटो इञ्जिनियरिङले पुराना स्कुटरलाई पेट्रोल र बिजुली दुवैबाट चल्ने ‘हाइब्रिड स्कुटर’ बनाउन थालेपछी एकाएक चर्चाको बिषय बन्न पुगेको छ । सुन्दर यातायातले पेट्रोल र बिजुली दुबैबाट चल्ने स्कुटर सार्वजनिक गरेको छ। निकै समयको प्रयासपछि यो सफलता हासिल गरेको हो ।
कम्पनीका अध्यक्ष भेषबहादुर थापाले बताए अनुसार पुराना स्कुटर किनेर नयाँ पाटपूर्जा जडान गरी हाइब्रिड तयार गर्न थालेको हो। हामीले बिग्रिएको अवस्थाको पुरानो स्कुटरलाई परिबर्तन गरि नयाँ स्वोरुप दिएका छौ । कम्पनीले अहिले होन्डा कम्पनीको एउटा पुरानो स्कुटरबाट हाइब्रिड तयार गरेको छ। यो स्कुटरको ब्याट्री पूरा चार्ज गरेपछि ८० किलोमिटरसम्म गुड्ने कम्पनीले दाबी गरेकको छ ।
ब्याट्री सकिन लागेको अबस्था वा लामो दुरीको यात्रा तय गर्नुपर्ने अवस्थामा पेट्रोलबाट पनि चलाउन सकिन्छ। यसका लागि स्कुटरमा एउटा स्विच बटन राखिएको छ। बटन थिचेर आवश्यकताअनुसार बिजुली वा पेट्रोल मोडमा लैजान सकिन्छ। ब्याट्री मोडमा चलाउँदा हरियो बत्ती बल्छ भने बिजुलीबाट चलाउँदा रातो बल्छ।
यो स्कुटर पेट्रोल वा बिजुली जुन मोडमा चलाए पनि अधिकतम ६० किमि प्रतिघन्टा गुडाउन सकिन्छ। विद्युतीय मोडमा चलाउँदा खर्च कम हुने दाबी कम्पनीको छ। एक लिटर पेट्रोलले स्कुटर २५ किलोमिटरसम्म गुड्छ। यति गुड्दा आजका दिनमा १६० रूपैयाँ खर्च हुन्छ। बिजुली मोडमा त्यति नै किलोमिटर गुडाउँदा सात रूपैयाँ मात्र खर्च हुने कम्पनीको दाबी छ।
ब्याट्री र मोटरको वारेन्टी तीन वर्ष दिइएको छ। एक वर्षको बीमा सुविधा पनि छ। स्कुटरमा कुनै समस्या आयो भने कम्पनीले घरमै पुगेरसमेत सेवा दिने कम्पनीले जनाएको छ। हालसम्म एक हजार तीन सय ६० स्कुटर बिक्री गरिसकेको कम्पनीका अध्यक्ष भेषबहादुर थापाले बताएका छन ।