क्यानाडा अध्ययन गर्न चाहानेहरुका लागि आयो खुशीको खबर, जम्मा ३ महिनामा नै भिषा नतिजा आउने



नेपालबाट क्यानाडा उच्च शिक्षा लिन चाहने बिद्यार्थीहरुलाई क्यानाडा अध्यागमनले अध्ययन भिसा निर्णय दिदा रोलर कोस्टर प्रवृत्ति देखिएको छ।

कोरोना महामारी लगत्तै क्यानाडाले अन्तराष्ट्रिय विधार्थीहरु बडाउने निती लिए सँगै गत बर्षमात्रै नेपालबाट २००० भन्दा बढी बिद्यार्थीहरुले क्यानाडा अध्ययन भिसा प्राप्त गरेको गोरेटो कन्सल्टेन्सीका काउन्सेलर धीरज कंडेलले जानकारी दिए ।

क्यानाडा अध्ययन भिसा सफल दर को बारेमा हामीले प्रश्न गर्दा पछील्लो समय क्यानाडाले उल्लेखनियनरुपमा भिसा दिइराखेको र भिसा आवेदान निर्णय कम्तिमा १० देखी बढीमा ४५ दिनमा आइराखेको काउन्सेलर कंडेलले अपडेट गराए।

त्यसैगरी पहिलो पटक भिसा आवेदन दिदा आर्थिक तथा अन्य कारणहरुले भिसा अस्विक्रित भएका विधार्थीहरुले उक्त कारणलाई प्रत्यक्ष उध्रित गरी पुन अपिल निवेदन दिदा धेरै विधार्थीहरुले क्यानाडा अध्ययन भिसा प्राप्त गरिराखेको, कंडेलले दाबी गरेका छन।

क्यानाडा अध्यागमनले विधार्थीहरुले भिसा निवेदनमा समावेश गरेका आय स्रोत तथा आर्थिक कारोबारको प्रमाण विश्वोसनियता,काम र करीयर औचित्य पुस्टीहुने प्रोग्राम चयन सही भए नभएको सुक्ष्म समिक्षा गरी निर्णय दिइराखेको गोरेटोका अर्का काउन्सेलर सतिश भट्टले उल्लेख गरे ।

क्यानाडाका विभिन्न सामुदायिक कलेज र विश्वविध्यालयहरुमा डिप्लोमा र स्नातक तहमा अध्ययन गर्न अङ्रेजी प्रबिणता परिक्षा आइ एल टि यस को प्रत्यक मोड्युलमा कम्तिमा ६ र औसतमा ६ वा पि टि इ परीक्षाको प्रत्यक मोड्युलमा कम्तिमा ५५ र औशतमा ५८ अनिवार्य हुनुपर्ने गोरेटो र आइ सि सि का अध्यक्ष राम खड्काले जानकारी दिए ।

यस्तै स्नातक तहको अध्ययन पछी क्यानाडामा लोकप्रिय प्रोग्राम पोस्ट ग्र्याजुएट डिग्री वा स्नाकोत्तर तहको अध्ययनको लागि आइ एल टियस को प्रत्यक मोड्युलमा कम्तिमा ६ र औसतमा ६.५ वा पि टि इ परीक्षाको प्रत्यक मोड्युलमा कम्तिमा ५८ र औशतमा ६० हुनुपर्ने अध्यक्ष खड्काले जोडे ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्