रोनाल्डोको गोलमा युनाइटेडको जित



काठमाडौं, २० वैशाख-इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले ब्रेन्टफोर्डलाई ३-० अन्तरले पराजित गरेको छ ।

युनाइटेडलाई घरेलु मैदान ओल्ड ट्राफोर्डमा जिताउन ब्रुनो फर्नाण्डेज, क्रिष्टियानो रोनाल्डो र राफेअल भरानेले १-१ गोल गरे ।

सहज जितसँगै युनाइटेड ३६ खेलबाट ५८ अंक जोड्दै छैटौं स्थानमा छ । पराजित ब्रेन्टफोर्ड ३५ खेलबाट ४० अंक बनाउँदै १४औँ स्थानमा छ ।

यो पनि : कोलकाताले राजस्थानलाई हरायो : राजस्थान रोयल्सलाई ७ विकेटले हराउदै कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा चौथो जित निकालेको छ ।

सोमबार राति राजस्थानले दिएको १५३ रनको लक्ष्य कोलकाताले १९ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गरेकाे हाे । कोलकाताका लागि नितिश रानाले सर्वाधिक ४८ रन बनाए । यस्तै रिन्कु सिंहले ४२ रनको योगदान गरे ।

यसअघि मुम्बईमा पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर १५२ रन बनाएको थियो । राजस्थानका सन्जु सामसनले सर्वाधिक ५४ रन बनाए । यस्तै शिम्रन हिटम्मायर २७ रनको योगदान गरे ।

जितसँगै कोलकाता १० खेलबाट ८ अंक जोडेर सातौं स्थानमा छ । राजस्थान १० खेलमा १२ अंक जोडेर तेस्रो स्थान छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्