सुनको मूल्य ९७ हजार दुई सय



काठमाडौं, २१ वैशाख- सुनको भाउ बुधबार स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९७ हजार दुई सय रुपैयाँ कायम भएको छ । मंगलबार सुन तोलाको ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुनको भाउ तोलाको ९६ हजार सात सय रुपैयाँ निर्धारण गरिएको छ । चाँदीको भाउ भने स्थिर छ । मंगलबार एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि एक हजार दुई सय ९० रुपैयाँमा निर्धारण भएको छ ।

यो पनि -खाना खादै गरेका यी तीन युवकका अगाडी बिरालो गएपछि हाने लात्तीले,लात्तीले हानेपछि जान पर्यो १० वर्ष जेल जेल-एजेन्स, २१ वैशाख

इभिया टापुको समुद्री किनारको रेस्टुरेन्टमा तीन जना मानिस बाहिर खाना खाइरहेका छन् । दुई ओटा बिरालाका बच्चा उनीहरू नजिकै आएर खानेकुरा माग्छन् । तीमध्ये एक जनाले एउटा माछोलाई झुन्डाएर बिरालोलाई नजिक आउन लोभ्याउछ । जब बिरालो छेउमा आउछ, अर्का व्यक्तिले लात्तीले हानेर समुद्री किनारमा खसालिदिन्छन् ।

लगत्तै, दोस्रो बिरालो त्यहाँबाट उम्किन्छ र एक महिला हाँसेको सुन्न सकिन्छ । तत्कालै स्थानीयले बिरालोलाई पशु चिकित्सककहाँ पुर्‍याउछन् । धन्य बिरालोलाई खासै चोट लागेको हुँदैन । यो घटना हो ग्रीसको एउटा रेस्टुरेन्टको ।

रेस्टुरेन्टमा बिरालाको बच्चालाई लात हानेर समुन्द्रमा फालेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पशु दुव्र्यवहारको आरोप लागेर दोषी ठहर भएमा उनलाई १० वर्ष जेल सजाय र ५० हजार युरो जरिवाना हुनेछ ।

उक्त भिडियोले ग्रीसमा सामाजिक सञ्जालमा आक्रोश मच्चाएपछि ती व्यक्तिलाई पक्राउ गरिएको थियो । ग्रीसका प्रहरी मन्त्रीले ‘जन्तु विरुद्धको हिंसा अस्वीकार्य’ भन्दै दोषीलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

‘म यस विषयमा जनताको ध्यानाकर्षण गराउनेहरूलाई हार्दिक धन्यवाद दिन्छु’, टाकिस थिओडोरिकाकोसले भने ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्