जुम्लाको नरकोट केन्द्रविन्दू भएर गयो भूकम्प



काठमाडौ । जुम्लाको नरकोट केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९।५७ बजे जुम्लाको नरकोट केन्द्रविन्दू भएर ४।१ रेक्टर स्केलको भूकम्प गएको हो ।

उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभइ नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको छ ।

यो पनि-विनय कसजु उत्कृष्ट अभियन्ता पुरस्कार घोषणा-राष्ट्रिय सूचना आयोगले विनय कसजु उत्कृष्ट अभियन्ता पुरस्कार, उत्कृष्ट सूचना अधिकारी पुरस्कार र उत्कृष्ट कर्मचारी पुरस्कार विभिन्न व्यक्तिलाई प्रदान गर्ने निर्णय गरेको छ । आयोगको १५औँ वार्षिकोत्सवका अवसरमा आज ती पुरस्कारको घोषणा गरिएको हो ।

यस वर्षको विनय कसजु उत्कृष्ट अभियन्ता पुरस्कार–२०७९ बाट दुर्गा आचार्य ९जलजला गाउँपालिका–७, पर्वत०, कैलाश माझी९सप्तकोशी नगरपालिका ११, सप्तरी०, उमिद बागचन्द ९धनगढी उपमहानगरपालिका १, कैलाली० र मनोज रौनियार ९वीरगञ्ज महानगरपालिका–८, पर्सा० पुरस्कृत हुनुभएको आयोगले जनाएको छ ।

यसैगरी उत्कृष्ट सूचना अधिकारी पुरस्कार–२०७९ बाट सत्यनारायण हुजदार ९चौदण्डीगढी नगरपालिका, उदयपुर०, गोकर्णराज वाग्ले ९व्यास नगरपालिका, तनहुँ०, दुर्गाप्रसाद शर्मा ९जिल्ला समन्वय समिति, बाग्लुङ०, निर्मल लामा ९कमलामाई नगरपालिका, सिन्धुली० र राजु अर्याल ९यातायात व्यवस्था सेवा कार्यालय, हेटौँडा० रहनुभएको छ । उत्कृष्ट कर्मचारी पुरस्कारबाट विश्वबन्धु पौडेल ९उपसचिव०, डिल्लीराम भट्ट ९शाखा अधिकृत० र हेमन्त रिज्याल ९नायब सुब्बा० ले प्राप्त गर्नुभएको छ । आयोगको स्थापना दिवस बिहीबार वैशाख २२ गते एक समारोहको आयोजना गरी ती पुरस्कार प्रदान गरिने आयोगका सूचना आयुक्त तथा प्रवक्ता कमला ओली थापाले जानकारी दिनुभयो ।

आयोगको स्थापना दिवसका अवसरमा सूचनाको हकमा कार्यरत संस्था, आमसञ्चारका माध्यम तथा सबैमा सूचनाको हकसम्बन्धी संवद्र्धन र संरक्षण हुने कार्यक्रम आयोजना, प्रचारप्रसार, प्रकाशन तथा प्रसारण एंव परिसम्वाद जस्ता कार्यक्रम गरी सूचनाको हकको प्रचलनमा सघाउ पु¥याउन आयोगले आग्रह गरेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्