भोजपुरमा ११ वर्षीया बालिकालाई घर मै गइर यस्तो हर्कत गर्ने ५७ वर्षीय पुरुष पक्राउ



काठमाडौ भोजपुर २१ वैशाख । ११ वर्षीया बालिकालाई बालयौन दुरुपयोग गरेको अभियोगमा टेम्केमैयुङ गाउँपालिका(१ रिमचिम बस्ने ५७ वर्षीय कृष्ण देव राईलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

राईले ती बालिकालाई शनिबार दिउँसो पीडितकै घरमा बालयौन दुरुपयोग गरेको भन्ने किटानी जाहेरी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दिल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो पनि- सङ्कटमा आरन पेशा-कुनैबेला उहाँको आरनमा धेरै व्यक्ति आउँथे । अहिले आरनमा ल्याउने सामान नै छैन । खेती किसानी छाडेर बजारमा बस्ने भएपछि आरन पेशा सङ्कटमा पर्दै गएको छ ।

बागलुङ नगरपालिका–१ रामरेखाका ६३ वर्षीय बमबहादुर विश्वकर्माले यस्तो अवस्था अनुभव गर्नुभएको छ । अनुभव मात्र होइन उहाँले आफ्नै जीवनमा पुख्र्यौली पेशाले खानै नपुग्ने अवस्था ल्याएको बताउन थाल्नुभएको छ । दैनिक २० देखि ३० व्यक्तिले आरनमा सेवा लिन आउँदा उहाँको राम्रो कमाइ थियो । कतिपयले नगद दिन्थे भने कतिपयले अन्न दिँदा उहाँको घरपरिवार चलेको थियो । अहिले भने दैनिक आरनको सेवा लिन आउने नै घटेका छन् । त्यसैले उहाँको कमाइ घट्दै गयो । त्यही पेशाले परिवार पाल्नुपर्ने बाध्यता छ ।

“अहिले दिनमा रु ५०० सम्म कमाइ हुन्छ, अन्न भने पाइदैन,’ विश्वकर्माले भन्नुभयो, “किनेर खानुपर्छ, यो पेशाको भरमा बाँच्न गाह्रो भइसक्यो ।” यो पेशाबाटै उहाँले चार छोरा र दुई छोरी हुर्काउनुभएको थियो । तर अहिले समस्या बढ्दै गएको छ । विश्वकर्माले भन्नुभयो, “पेशा छाडौँ खान केही छैन, नछाडौँ कति दुःख गरिरहने रु”

पुख्र्यौली पेशा बाहेक अन्य काम पनि उहाँले जान्नुभएको छैन् । परम्परागत रुपमा उहाँले फलाम ल्याएर हँसिया, कुटो, कोदालो, खुकुरी र दाउ बनाउने गर्नुभएको छ ।

पछिल्लो समय कोइलासमेत नपाउँदा काममा अप्ठ्यारो भएको विश्वकर्माले बताउनुभयो । “पहिला जङ्गलमा गएर कोइला तयार पारिन्थ्यो, अहिले जङ्गल जान पाइँदैन”, उहाँले भन्नुभयो, “बजारको कोइला किन्दा महँगो पर्छ ।” घरमा कमाइ घटेको र छाक टार्न धौधौ भएपछि उहाँका छोरा खाडीमुलुक जानुभएको छ । कमाइ नभएकोले ऋण तिर्न सास्ती भएको उहाँले गुनासो गर्नुभयो । एक छोरा बिरामी भएकोले घरमै बस्नुहुन्छ ।

बजारमा आधुनिक र बनिबनाउ हतियार आउन थालेपछि उहाँको जस्तै धेरैको पेशा सङ्कटमा पर्दै गएको छ । “खेतीपाती गर्नेको सङ्ख्या घट्दै गएको छ, कुटो कोदालोको प्रयोग पनि घट्दै गएको छ”, विश्वकर्माले भन्नुभयो, “पुख्र्यौली पेशा सङ्कटमा पर्ने भयो ।”

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्