भारतमा कुल कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ३० लाख ८८ हजार



भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या चार करोड ३० लाख ८८ हजार ११८ पुगेको छ ।ती मध्ये तीन हजार २०५ जना पछिल्लो २४ घण्टामा सङ्क्रमित भएको सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।

नयाँ सङ्क्रमित मध्ये एक हजार ४१४ जना भने दिल्ली प्रदेशका मात्रै रहेका छन् । पछिल्लो समयमा दिल्ली प्रदेशमा नयाँ सङ्क्रमितहरुको सङ्ख्या धेरै बढेको छ । संघीय स्वास्थ्य मन्त्रालयकाअनुसार भारतको सङ्घीय राजधानी नयाँ दिल्लीमा मात्रै अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या पाँच हजार ९८६ रहेको छ । देशभरी सक्रिय सङ्क्रमितको सङ्ख्या भने १९ हजार ५०९ रहेको छ ।

पछिल्लो एक दिनमा कोरोना भाइरसका कारण भारतमा ३१ जनाको मृत्यु भएको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । भारतमा अहिलेसम्म कोरोना भाइरसका
कारण मृत्यु भएकाहरुको सङ्ख्या पाँच लाख २३ हजार ९२० रहेको छ ।

यो पनि- कोभिडपछि ब्यूतेको अर्थतन्त्रमा बाह्य क्षेत्रको प्रभाव-विसं २०७२ को भूकम्पले नेपालको अर्थतन्त्रमा नकारात्मक असर पा¥यो । भूकम्पको असर न्यूनीकरण गर्दै लयमा अगाडि बढेको नेपाली अर्थतन्त्र विश्वव्यापी कोरोना महामारीको अवधिसम्म अप्ठ्यारो अवस्थामा आइपुग्यो । कोरोनाले पारेको प्रभावबाट तङ्ग्रिँदै गर्दा मुलुकको अर्थतन्त्रमाथि फेरि चुनौती थपिएको छ ।

रुस–युक्रेन द्वन्द्वका कारण विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि भएको छ । चालु आवमा पेट्रोलियम पदार्थको खरिदबाट मात्रै करिब रु चार खर्ब विदेशिने अनुमान छ । त्यस्तै चालु आवको नौ महिनाको अवधिमा रु तीन खर्ब बराबरको कृषिजन्य उत्पादन आयात भएको तथ्याङ्क छ ।

आयात निर्यातको अन्तर बढ्नु, कृषिजन्यलगायत विलासी वस्तुको आयात बढ्नु, विप्रेषण आप्रवाहमा संकुचन आउनु, विदेशी मुद्रा सञ्चिती घट्नुजस्ता कारणबाट मुलुकको अर्थतन्त्र सङ्कटग्रस्त अवस्थातर्फ उन्मुख छ । विश्वव्यापी अर्थतन्त्रमा आर्थिक वृद्धि घट्दो अवस्थामा छ भने मूल्यवृद्धि बढ्दो अवस्थामा छ । अर्थतन्त्रलाई थप बिग्रन नदिन सरकार तथा सरोकारवाला निकायले विभिन्न नीति अख्तियार गरिरहेका छन् । अझै ढुक्क हुने अवस्था बनिसकेको छैन । मुलुकको अर्थतन्त्रलाई नकारात्मक बाटोमा जान नदिन लागि परेको सरकारी अधिकारीको प्रष्टीकरण छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आयात र निर्यातमा देखिएको अन्तर कम गर्नु अहिलेको प्रमुख चुनौतीका रुपमा रहेको बताउनुहुन्छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था ९आइक्यान०ले आयोजना गरेको कार्यक्रममा उहाँले अनियन्त्रितरुपमा बढेको आयातलाई निरुत्साहित गर्न जरुरी रहेको बताउनुभयो । “आयातको तथ्याङ्क हेर्दा निकै नै वृद्धि भइरहेको छ, चालु आवमा करिब रु २१ खर्बको आयात हुने अवस्था देखियो”, उहाँले भन्नुभयो, “रु नौ÷दश खर्ब विप्रेषण र करिब रु दुई खर्बको निर्यातले धान्न सक्ने अवस्था देखिएन ।”

आयात र निर्यातको खाडलले तत्काल अर्थतन्त्रमा ठूलो प्रभाव नपरे पनि आगामी दिन सङ्कटपूर्ण रहेको उहाँको भनाइ छ । बर्सेनि ठूलो परिणाममा कृषिजन्य उत्पादन आयात भइरहेको भन्दै गभर्नर अधिकारीले कृषिजन्य वस्तुको स्वदेशमै उत्पादन बढाउनुपर्ने बताउनुभयो ।

अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार डा सुरेन्द्र उप्रेतीले भूकम्प, कोरोना महामारी, बेमौसमी वर्षा तथा विश्वव्यापी मूल्यवृद्धिले मुलुकको अर्थतन्त्रमा प्रभाव पारेको बताउनुभयो । बढ्दो आयातका कारण अर्थतन्त्रमा दबाब परेको उल्लेख गर्दै उहाँले पेट्रोलियम पदार्थको खपत न्यूनीकरण र कृषिजन्य उत्पादन वृद्धि गर्नुको विकल्प नभएको बताउनुभयो ।

“६० प्रतिशत जनता कृषि पेशमा संलग्न भइरहेको अवस्थामा अझै पनि कुल आयातको २० प्रतिशत हिस्सा कृषिजन्य वस्तुको रहेको छ”, उहाँले भन्नुभयो, “यस्तो अवस्था किन आयो रु मन्त्रालय तथा राष्ट्र बैंकले ध्यान दिनुपर्छ, पेट्रोलियम र कृषिजन्य वस्तुको आयात प्रतिस्थापन गर्दै उच्च मूल्य भएका वस्तुको निर्यात बढाउनुपर्छ ।” केही समय अपेक्षाकृतरुपमा रेमिट्यान्स आप्रवाह नभए पनि पछिल्लो महिनाबाट विप्रेषण आप्रवाहमा भएको सुधारले सुखद् सङ्केत गरेको उहाँको भनाइ थियो ।

नेपाल बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायले विदेशी मुद्रा भित्र्याउन वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई वित्तीय साक्षरता दिनुपर्ने, बैंक खाता खोल्न अनिवार्य गर्नुपर्ने, वैधानिक बाटोबाट विप्रेषण पठाउन प्रेरित गर्नुपर्ने बताउनुभयो । उहाँले कृषिजन्य वस्तुको उत्पादन वृद्धिका लागि कृषिमा दिइने अनुदानलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो ।

अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यले अनुत्पादक क्षेत्रमा भइरहेको लगानीले प्रतिफल दिन नसक्दा अर्थतन्त्रमा समस्या थपिँदै गएको बताउनुभयो । वित्तीय अनुशासन कायम हुने गरी आगामी आवको बजेट निर्माणमा मन्त्रालयल लागि परेको जानकारी दिँदै उहाँले आगामी बजेटमा कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिइने बताउनुभयो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्