पत्रकारितामा हात हालेकी २९ वर्षीया मृणाल कसरी भइन फिल्मकी हिरोइन



मुम्बई : फिल्म जर्सीका कारण अभिनेत्री मृणाल ठाकुर चर्चामा छिन्। उनको फिल्मी करियरलाई लिएर अहिले सामाजिक सञ्जालमा चर्चा भइरहेको छ।
२९ वर्षीया मृणाल महाराष्ट्रको धुलेमा जन्मिएकी थिइन्। स्कुल सकेर उनी डेन्टिस बन्ने तरखरमा थिइन्। किनकि उनको परिवारको चाहना नै त्यही थियो। तर उनको त्यो चाहना एउटा फिल्मको सम्बादले बदलिदियो।

सन् २०१२ मा रिलिज भएको थियो, आमिर खान अभिनित थ्री इडियट्स। मृणाल सपरिवार फिल्म हेर्न हल पुगेका थिए। अन्नपुर्ण पोष्टमा खबर छ । फिल्मको एउटा सम्वादले उनको झक्झकायो। फिल्ममा आमिरले भन्छन्, प्यासनलाई पछ्याउ, सफलता आफैँ तिम्रो पर्नेछन्। उनको त्यही सम्वादले मृणालको मुड बदलिदियो। उनी आफैँलाई प्रश्न गर्न थालिन्, ‘साँच्चै मेरो चाहना डेन्टिस बन्नु हो?’ ‘अँह, मेरो जीवनको उद्देश्य त्यो बिलकुलै होइन,’ उनी निर्णयमा पुगिन्।

त्यसपछि मृणालले पत्रकारिता पढिन्। टेलिभिजनमा पत्रकारितामा सक्रिय भइन्। त्यही पेशाले उनलाई कलाकारितातिर डोर्‍यायो।उनले टिभी सिरियलमा डेब्यु गरिन्। खामोसिया, कुमकुम भाग्य हुँदै उनले बलिउडमा डेब्यु गरिन्। सन् २०१४ मा मराठी फिल्म भिट्टी डण्डुमा उनले डेब्यु गरिन्। त्यसपछि ऋतिक रोशनसँग सुपर ३०, जोह्न अब्राहमसाग बट्ला हाउस, फराहन अख्तरसँग तुफान र कार्तिक आर्यनसँग धामाका फिल्ममा अभिनय गरिसकेकी छन्। शाहिद कपुरसँग जर्सी रिलिजको संघारमा छ। उनी अभिनित आँख मिचोली, पिप्पा, सीता रमामलगायत फिल्ममा अभिनय गरेका छन्, जुन पोस्टप्रोडक्सनकै क्रममा रहेका छन्।

‘यो पनि -नेपालको अर्थतन्त्रलाई श्रीलङ्कासँग तुलना गर्न मिल्दैन’-राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा स्वर्णिम वाग्लेले नेपालको अर्थतन्त्रलाई श्रीलङ्कासँग तुलना गर्न नमिल्ने बताउनुभएको छ ।नेपाल आर्थिक पत्रकार समाज ९सेजन०ले ‘नेपाली अर्थतन्त्रको भावी दिशा’ विषयमा आज आयोजना गरेको अन्तक्र्रियामा उहाँले नेपालमा श्रीलङ्काको जस्तो आर्थिक सङ्कटको स्थिति उत्पन्न नभएको तर अर्थतन्त्रका सबै सूचकलाई ठीक ढङ्गले परिचालन गर्न वित्तीय अनुशासन कायम गर्नुपर्ने बताउनुभयो ।

“नेपालमा आर्थिक सङ्कट आएको छैन, श्रीलङ्कासँग तुलनै गर्न मिल्दैन तर, नीतिगत र आर्थिक कमजोरी कारण नेपालमा पनि आर्थिक सङ्कटको खतरा कायमै छ, त्यसैले वित्तीय अनुशासन कायम राख्न प्रशासनिक सुधार र नीतिगत सुधार जरुरी छ”, डा वाग्लेले भन्नुभयो ।

अर्थशास्त्री डा वाग्लेले मुलुकमा मौलाउँदै गएको कुशासन र हचुवामा गरिने निर्णयले दुर्घटना निम्त्याउन सक्ने खतरा पनि औँल्याउनुभयो । नेपालको सार्वजनिक ऋण तथा शोधनान्तर स्थिति नभई शासकीय चरित्र भने श्रीलङ्काको जस्तै रहेको तर अर्थतन्त्रको प्रवृत्ति भने फरक–फरक रहेको उल्लेख गर्नुभयो । उहाँले तिर्न नसक्ने ऋण र पुर्न नसक्ने घाटा श्रीलङ्काको आर्थिक सङ्कटको मुख्य कारण रहेको भन्दै नेपालले पनि बेलैमा सजगता अपनाउनुपर्ने बताउनुभयो ।

डा वाग्लेले श्रीलङ्काले सशस्त्र द्वन्द्व सकिएपछि पूर्वाधारमा अन्धाधुन्ध ऋण लिएको सन्दर्भ निकाल्दै बिना अध्ययन विदेशी ऋण लिएर लगानी गरेका कारण आर्थिक सङ्कटको सामना गर्नुपरेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रको सवलीकरणमा सरकार र निजी क्षेत्रले सामूहिक प्रयत्न गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले अर्थतन्त्रलाई सही बटोमा अघि बढाउन सरकारी तवरबाट नीतिगत सुधार आवश्यक भएको बताउनुभयो ।

अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार सुरेन्द्र उप्रेतीले मुलुकको समग्र अर्थतन्त्र सन्तुलित दिशामै रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभयो । उहाँले अर्थतन्त्रका सबैजसो क्षेत्र चलायमान भइरहेकाले ५।८ प्रतिशतको आर्थिक वृद्धि प्राप्ति हुने प्रशस्त आधार तयार भएको उल्लेख गर्नुभयो ।

उप्रेतीले दिगो आर्थिक विकासका लागि उत्पादनमा आधारित आर्थिक विकासमा कृषि, रोजगारीलाई प्राथमिकता दिएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । बैंकर्स सङ्घका उपाध्यक्ष सुनिल केसीले तरलता अभाव चालु आर्थिक वर्षभर नै कायम रहने बताउनुभयो ।

विश्व बैंककी वरिष्ठ अर्थशास्त्री एलिस जोन ब्रुक्सले नेपालमा जलविद्युत् उत्पादन र बायोग्यासको प्रयोग बढ्दै गएकाले चर्चामा आएजस्तो मूल्यवृद्धि उच्च तहमा नजाने बताउनुभयो । जिडीपीको तुलनामा नेपालमा सार्वजनिक ऋणको अवस्था सन्तोषजनक रहेकाले अर्थतन्त्रको अवस्थालाई लिएर आत्तिहाल्नुपर्ने अवस्था नरहेको उहाँको भनाइ थियो ।

नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले अध्यक्षता गरेको ‘अर्थतन्त्रको बाह्य क्षेत्र’ विषयको संवादमा अन्तरराष्ट्रिय मुद्रा कोष ९आइएमएफ०का पूर्वतथ्याङ्क विभाग प्रमुख डा मानिकलाल श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने ‘तरलता सङ्कट र वित्तीय स्थायित्व’ विषयमा अर्थशास्त्री विश्वास गौचनले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा सेजनका अध्यक्ष जनार्दन बरालले विद्यमान अर्थतन्त्रबारे आम नागरिकको चासो रहेकाले विभिन्न सरोकारवाला र अर्थविज्ञहरूबीच अर्थ संवाद आयोजना गरिएको बताउनुभयो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्