एजेन्सी । लामो समयको अन्तराल पछि बलिउडका बादशाह शाहरुख खान फेरी पर्दामा देखिदैछन् । शाहरूख फिल्म ‘पठान’लाई लिएर यतिबेला चर्चाको शिखरमा छन् । उनको यो फिल्मलाई दर्शकले ब्यग्र प्रतिक्षा समेत गरिरहेका छन् । साउथ फिल्मले हिन्दीलाई खर्लप्पै खाइरहेको बेला शाहरूख अभिनित फिल्म पठान रिलीज हुन लागेको हो ।
यो फिल्म हलमा लाग्नु अघि नै डिजिटल राइट बिक्री भएको छ।‘ पठान’को डिजिटल राइट दुई सय करोड भारतीय रूपैयाँमा बिक्री गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । आदित्य चोपडाको निर्माण रहेको यस फिल्मको डिजिटल अधिकार भने अमेजन प्राइमले लिएको छ । यस फिल्महमा शाहरुख खान संगै अभिनेत्री दीपिका पादुकोण पनि छिन्।
दीपिकालाई शाहरुखले नै डेब्यु गराएका थिए । उनको डेब्यु फिल्ममा ‘ओम शान्ति ओम रहेको छ । यो जोडीले चेन्नकई एक्स प्रेस’ र ‘ह्याप्पीद न्यूइ इयर’मा पनि संगै काम गरेका थिए । यस फिल्ममा शाहरूख र दीपिकाका साथै डिम्पल कपाडिया, आशुतोष राणा, जोन अब्राहम र सलमान खानको अभिनय रहेको छ । यो फिल्म सन् २०२३ जनवरी २५ मा हिन्दी, तमिल र तेलुगु भाषामा रिलिज हुनेछ।