हेर्नुहोस आजको विदेशी मुद्राको विनिमय दर



काठमाडौं। बिहिबार अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले बिहिबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ९७ पैसा र बिक्री दर १२२ रुपैयाँ ५७ पैसा कायम गरेको छ।

यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५२ रुपैयाँ ६९ पैसा र बिक्री दर १५३ रुपैयाँ ४४ पैसा छ। युरोपियन यूरो एकको खरिद दर १२८ रुपैयाँ ३७ पैसा र बिक्री दर १२९ रुपैयाँ छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५२ रुपैयाँ ६९ पैसा र बिक्री दर १५३ रुपैयाँ ४४ पैसा छ , क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ २५ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ७५ पैसा छ। अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ९८ पैसा र बिक्री दर ८७ रुपैयाँ ४० पैसा छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ०२ पैसा छ भने बिक्री दर २८ रुपैयाँ १५ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ६४ पैसा र बिक्री दर ९ रुपैयाँ ६९ पैसा कायम भएको छ।साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ५२ पैसा र बिक्री दर ३२ रुपैयाँ ६८ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ४० पैसा र बिक्री दर ३३ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

यो पनि -मेघ गर्जन तथा चट्याङसहित वर्षा-हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव छ ।

उक्त मौसमी प्रणालीले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यताया सफा रहेने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशको अन्य भू–भागमा आंशिक बदली रहने छ । पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

रातिको समयमा पनि पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ भने अन्य भू–भागमा आंशिक बदली रहनेछ । प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

काठमाडौँ उपत्यकामा बिहानैदेखि आकाश बादलले ढाकेको छ । महाशाखाका अनुसार आज काठमाडौँको अधिकतम तापक्रम २८ र न्यूनतम तापक्रम १८ डिग्री सेल्सियस छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्