प्रेमी भनिएका सुकेश चन्द्रशेखर कै कारण बलिउड अभिनेत्री ज्याकलिनको ७ करोड बढी सम्पत्ति जफत



मुम्बई । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजको ७ करोडभन्दा बढी भारतीय रुपैयाँ बराबरको सम्पत्ति जफत भएको छ । प्रवर्तन निर्देशनालय ९इडी० ले ठगी आरोपी सुकेश चन्द्रशेखरको जबरजस्ती फिरौती मुद्दामा ज्याकलिनको उक्त मूल्यको सम्पत्ति जफत गरेको हो ।

भारतीय सञ्चारमाध्यमले जफत भएको सम्पत्तिमा ७ करोड २१ लाख भारतीय रुपैयाँ बैंकमा गरेको ‘फिक्स्ड डिपोजिट’ बाट जफत गरेको जनाएका छन् । हालै इडीले चन्द्रशेखरलाई ५ वर्ष पुरानो ठगीको मुद्दामा पक्राउ गरेको थियो । ठग सुकेश चन्द्रशेखरले ठगी रकमबाट ज्याकलिनलाई ५ करोड ७१ लाखको उपहार दिएको पाइएपछि उनको सम्पत्ति जफत गरेको जनाइएको छ ।

उपहारबाहेक पनि अभिनेत्री ज्याकलिनको परिवारलाई करिब १ लाख ७३ हजार अमेरिकी डलर र करिब २७ हजार अस्ट्रेलियन डलर पनि दिएको पाइएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । यही केसमासौर्य दैसनकमा खबर छ। ज्याकलिनमाथि पटक पटक सोधपुछ भएको छ । सन् २०२१ ीडसेम्बेर ५ मा ज्याकलिनलाई देश बाहिर जान नदिन भन्दै म’म्बई एयरपोर्टमा रोकिएको थियो । यसपटक पनि उनलाई भारतभित्रै बस्नका लागि स”चना जारी गरिएको छ ।

यो पनि-मेघ गर्जन तथा चट्याङसहित वर्षा-हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव छ ।

उक्त मौसमी प्रणालीले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यताया सफा रहेने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशको अन्य भू–भागमा आंशिक बदली रहने छ । पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

रातिको समयमा पनि पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ भने अन्य भू–भागमा आंशिक बदली रहनेछ । प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

काठमाडौँ उपत्यकामा बिहानैदेखि आकाश बादलले ढाकेको छ । महाशाखाका अनुसार आज काठमाडौँको अधिकतम तापक्रम २८ र न्यूनतम तापक्रम १८ डिग्री सेल्सियस छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्