हेर्नुहोस् आजको विदेशी मुद्राको विनीमय दर, अमेरिकी डलरको बढ्यो की घट्यो ?



काठमाडौं। मंगलबार अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्रबैकंका अनुसार आज अमेरिकी डलर एकको खरिद दर अधिकतम १२३ रुपैयाँ ६५ पैसा र बिक्री दर १२४ रुपैयाँ २५ पैसा कायम गरेको छ।

सोमबार अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ ७७ पैसा र बिक्री दर १२३ रुपैयाँ ३७ पैसा कायम रहेको थियो। त्यस्तै आज अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ५९ पैसा र बिक्री दर ८७ रुपैयाँ ०१ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५२ रुपैयाँ ३७ पैसा र बिक्री दर १५३ रुपैयाँ ११ पैसा छ।

स्वीस फ्रेङ्क एकको खरिद दर १२४ रुपैयाँ ७० पैसा रहेको छ भने बिक्री दर १२५ रुपैयाँ ३१ रहेको राष्ट्र बैंकले जनाएको छ।रोपियन यूरो एकको खरिद दर १३० रुपैयाँ २७ पैसा र बिक्री दर १३० रुपैयाँ ९० पैसा छ। चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ३८ पैसा र बिक्री दर १८ रुपैयाँ ४७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ४३ पैसा र बिक्री दर ९ रुपैयाँ ४७ पैसा रहेको छ ।कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ६९ पैसा र बिक्री दर ९ रुपैयाँ ७३ पैसा कायम भएको छ।मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २१ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ३४ पैसा रहेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्