काठमाडौं ।
काठमाडौँबाट धनगढीका लागि छुटेको श्री एअरलाइन्सको जहाजको इन्जिनमा समस्या आएपछि काठमाडौँमा नै अवतरण गराइएको छ ।
८७ जना यात्रु रहेको विमानको इन्जिनमा समस्या आएपछि आकस्मिक अवतरण गराइएको विमानस्थल स्रोतले जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार २२३ उडान नम्बरको जहाज काठमाडौं फर्किएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार विमानको बायाँ इन्जिनमा समस्या आएको छ ।
विमान काठमाडौंबाट ११ बजेर ४४ मिनेटमा धनगढीका लागि प्रस्थान गरेको र १४ मिनेटपछि काठमाडौंमा अवतरण गरेको सेतले जानकारी दियो ।