काठमाडाैं:
काभ्रेकाे चाैंरीदेउराली गाउँपालिकामा मतदानकाे क्रममा विवाद उत्पन्न भएकाे छ । विवाद भएपछि अहिल सर्वदलीय बैठक बसिरहेकाे काभ्रेका प्रहरी उपरीक्षक चक्रराज जाेशीले बताए ।
उनका अनुसार बैठकबाट विवाद निरुपण हुने र त्यसपछि निर्वाचन हुने न्युज कारखानालाई जानकारी दिए ।
‘अघि एकछिन विवाद भयाे । त्यस्ताे केही भएन । अहिले सर्वदीय बैठक बसिरहेकाे छ । केहीबेरदेखि फेरि मतदान हुन्छ’, उनले भने ।
एक जना मतदाताले परिवारकै अर्का मतदाताकाे मत हालेपछि विवाद भएकाे हाे ।
दार्चुलाको पिपलचौरी केन्द्रको मतदान रोकियो
दार्चुलाको दुहुँ गाउँपालपका–१ स्थित पिपलचौरी मावि मतदान केन्द्रको मतदान रोकिएको छ ।
उम्मेदवारका प्रतिनिधिबीच भएको विवादका कारण मतदान रोकिएको बाजुराका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।
उनका अनुसार अनुसार अशक्त मतदाताले कसरी मतदान गर्ने भन्ने विषयमा उम्मेदवारका प्रतिनिधिबीच विवाद हुँदा मतदान नै रोकिएको हो ।
मतदान सुरु गर्ने विषयमा अहिले सर्व दलीय बैठक बसिरहेको प्रहरी प्रमुख विष्टले बताए ।