काठमाडौं ।
काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले एमाले र काँग्रेसका उम्मेदवारलाई लगातार पछि पार्न थालेपछि देशभरिका मतदातामा चासो बढेको छ, के बालेनले चुनाव जित्लान् ? एमालेका केशव स्थापित र कांग्रेसकी सिर्जना सिंहको ‘पोजिसन’ कस्तो होला ?
कुल ३२ वटा वडा रहेको काठमाडौं महानगरपालिकामा चारवटा वडाको मात्रै मतगणना भइरहेको छ । ती वडाको गणना पनि सकिइरहेको छैन । यो स्थितिमा बालेन शाह, एमाले र कांग्रेसले अहिले ल्याइरहेको पोजिसनमा तलमाथि नपर्ला भन्न सकिँदैन ।
काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले दुई हजार भोट कटाएका छन् । पछिल्लो परिणामअनुसार शाहले २०७१ मत पाएका छन् ।
त्यस्तै मेयरमा एमालेका केशव स्थापितले ११६४ मत ल्याएका छन् भने कांग्रेसकी सिर्जना सिंहले १००६ मत पाएकी छन् । काठमाडौंमा स्वतन्त्र उम्मेदवार शाहले क्रमशः मतान्तर बढाइरहेका छन् ।