मकवानपुरको राक्सिराङ १ मा एमालेको प्यानल विजयी



हेटौंडा, १ जेठ

मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार बाबीराम मुक्तानसहित एमालेको प्यानल नै विजयी भएको छ ।

१ नम्बर वडामा मुक्तानले ४६३ मत प्राप्त गर्दा उनका निकतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सिंग राम बुलुनले ३७७ मत प्राप्त गरेका छन् । त्यसैगरी, वडा सदस्यहरूमा एमालेका पुर्ण बहादुर मोक्तान, भीम बहादुर मुक्तान, महिला सदस्यमा आस माया थिङ, दलित महिला सदस्यमा सुमीत्रा विश्वकर्मा विजयी भएका हुन् ।

बझाङको साइपाल गाउँपालिकाकाे अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

बझाङको साइपाल गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष र उपाध्यक्ष पद जितेको छ । अध्यक्षमा विजयी एमालेका मानबहादुर बोहरा ६७५ ल्याएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार धनबहादुर बोहराले ६१३ मत ल्याए । त्यस्तै, उपाध्यक्षमा एमालेकी डोल्मा तामाङ ६७५ मत ल्याएर विजयी भएकी छिन्। उनकी प्रतिस्पर्धी बाटु बोहराले ६१९ मत ल्याइन्।

वडा तर्फ १ मा एमालेका नरेन्द्र धामी प्यानलसहित विजयी भएका छन् । वडा नम्बर २ मा गठबन्धनबाट कांग्रेसका हरिलाल बोहरा बिजयी भएका छन्। वडा नम्बर ३ मा एमालेका गोरख बोहरा प्यानलसहित विजयी भएका छन्। वडा नम्बर ४ मा गठबन्धनबाट काँग्रेसका जयसिंह रोकाया प्यानलसहित विजयी भएका छन् भने वडा नम्बर ५ मा एमालेका जयपाल बोहरा प्यानलसहित विजयी भएका छन्।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्