अछाममा भाइलाई हराउँदै दाजु बने पालिका अध्यक्ष



अछाम, २ जेठ

अछामकाे बान्‍नीगढी जयगढ गाउँपालिकामा दाइले भाइलाई पराजित गरेका छन् । कांग्रेसका टेकबहादुर साउँदले एमालेका लाेकबहादुर साउँदलाई ४ सय ९८ मतान्तरले पराजित गरेका हुन् ।

टेक ३ हजार ११२ मतसहित विजयी हुँदा लाेकले २ हजार ६१४ मत मात्र पाए ।

बान्‍नीगढ-३ बर्दादेवी धारासैन घर भएका साउँद दाजुभाइ फरक-फरक पार्टीबाट उम्मेदवार बनेका थिए । एउटै खलकका उनीहरुका बुवा दाजुभाइ हुन् ।

टेक कांग्रेस अछामको पूर्वपार्टी सचिव हुन् भने एमाले बान्‍नीगढ गाउँपालिकाका निवर्तमान उपाध्यक्ष हुन् ।

उपाध्यक्षमा भने एमालेका विन्दु रावल निर्वाचित भएकी छन् । रावल २ हजार ७ सय ३१ मतसहित निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी माओवादी केन्द्र उम्मेदवार निर्मला साउँदले २ हजार ७ सय १७ मत पाइन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्